काठमाडौं,१६ भाद्र । पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बिमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा उहाले काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाईदा लिन नसकेको आरोप लगाउनुभयो ।
बिमस्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाईदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको पनि उहाले बताउनुभयो ।
उहाले नेपालले विम्स्टेक राष्ट्रहरुसँग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिदै ग्रिड कनेक्टिभिटीमा सम्झौता भएपनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको गुनासो गर्नुभयो ।
ग्रिड कनेक्टिभिटी सम्झौता कार्यान्वनय हुने हो भने नेपालमा विद्युत उत्पादन गरेर अरु देशमा बेच्न सकिने भएकाले यसका लागि नेपाललेनै प्रभावकारी भूमिका खेल्नुपर्ने महतले बताउनुभयो ।
विम्स्टेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाई छ । नेपालमा रेल ल्याउने योजना राम्रो भएपनि यसका लागि नेपालसँग पुँजी नभएको भन्दै उहाले भारत वा चीन जहाँबाट रेलमार्ग बनाएपनि त्यही देशले बनाइदिनुपर्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्