ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित समुदायका नगर प्रमुख भन्छन्, घृणा हैन, अहिले कदर गर्छन्’


bhawani desk

वीरेन्द्रनगर, १३  भाद्र । केही  वर्षअघिसम्म दुई–चार जनाको जमातमा उभिएर बोल्न उहाँलाई संकोच लाग्थ्यो । महिला, त्यसमा पनि दलित समुदायको । बोल्दा गलत भइहाल्ने हो कि भन्ने चिन्ता उहाँलाई भइरहन्थ्यो । एक वर्षयतादेखि उहाँले कार्यपालिका सदस्य भएर सिंगो नगरपालिका नै हाँकिरहनुभएको छ ।

नगरका मुख्य योजना बनाउने काममा पनि अग्रपंक्तिमै हुनुहुन्छ उहाँ । गुुुुर्भाकोट नगरपालिकाको कार्यपालिका सदस्य हुनुभएपछि पैंतीस वर्षीया सरस्वती नेपाली अहिले ढुक्कसँग बोल्न मात्र होइन सजिलैसँग सभामा पनि आफ्ना विचार राख्न सक्नुहुन्छ ।

अहिले उहाँको हस्ताक्षर बिना योजना नै बन्दैन । त्यसैले गाउँका पुरुषहरुले पनि उहाँको सरसल्लाह लिन थालेका छन् । “नीति निर्माण र योजना बनाउने ठाउँमा पुुुुगेपछि सबैले हेर्ने दृष्टिकोणमा फरक देखेकी छुुुु,” उहाँले भन्नुभयो – “दलित भनी घृणा गर्नेहरु अहिले नमस्कार भन्न थालेका छन् ।”

श्रीमती तथा बुहारीको नातामा सीमित परिचय वडाको सदस्यसम्म पुग्न कम्ता संघर्ष गर्नुपरेन सिम्ता गाउँपालिकाका नम्रता लोहारलाई । दिउँसो बैठक हुने दिनमा बिहानै उठेर त कहिले राति अबेरसम्म तयारी सकेर भएपनि उहाँ समय निकाल्नुहुन्छ । घरपरिवारको सहयोगले कामलाई निरन्तरता दिँदै गएपछि अहिले सफलता मिलेको उहाँ बताउनुहुन्छ ।

उहाँको काम देखेर पूरै परिवार खुशी छन् । घरायसी अथवा मेलापातको काममा मात्र घरबाहिर निस्कने नम्रता अहिले विभिन्न योजनाका काम लिएर जाने गर्नुहुन्छ ।
“पहिले हाम्रा अगाडि नपत्याएर होच्याउने र छाडा बोल्ने पुरुषहरु अहिले राम्रोसँग बोल्नुहुन्छ,” उहाँ भन्नुहुन्छ – “हामीलाई नपत्याउने व्यक्तिहरुले हामीलाई नमस्कार भन्न थालेका छन् ।

” त्यतिमात्र होइन अहिले अन्य जातिका व्यक्तिहरु आफूसँग सँगै बसेर खाना खान थालेकामा उहाँ खुशी हुनुहुन्छ । काखमा दुधेबच्चा च्याप्दै सोही गाउँपालिकाकी राधिका नेपाली पनि वडाका बैठकमा सहभागी हुन थाल्नुभएको छ ।

उहाँ वडाका लागि आवश्यक पर्ने योजनाहरुबारे निर्णय लिने छलफलहरुमा पनि सहभागी हुनुहुन्छ । बुहारीको परिचयमा सीमित उहाँ विभिन्न कार्यक्रममा वडा सदस्यको परिचय दिन पाउँदा खुशीको अनुभव गर्नुहुन्छ ।

त्यसमाथि पनि गाउँका पहिले दलित भनेर हेयको दृष्टिले हेर्ने पुरुषहरुले नै नमस्कार गर्दा उहाँको मन गद्गद् हुन्छ । वर्षौँ सम्म पुरुषहरुले नेतृत्व गरेको पदमा काम गर्न सकिँदैन कि भन्ने त्रास थियो तर पनि हिम्मत नहारेर पद सम्हाल्दैआएको उहाँ बताउनुहुन्छ । घरायसी सानोतिनो काममा निर्णय नगर्नुभएकी उहाँलाई एक्कासी पद सम्हाल्न चुनौती थियो ।

महिला दिदीबहिनीले साथ दिएपछि सफल भएको उहाँको भनाइ छ । अझै अगाडि बढेर पछि परेका दलित महिलाको हकअधिकार र उनीहरुलाई अगाडि बढाउन लागिपर्ने उहाँको चाहना छ । नेतृत्वमा आएपछि आफूहरुमाथि पहिलेको जस्तो छुवाछूत र विभेद कम भएको उहाँ ठान्नुहुन्छ ।

“हामी कमजोर र नेतृत्व तहमा नभएका कारण नै हामीमाथि छुवाछूत र विभेद गरिएको रहेछ,” उहाँले भन्नुभयो । निर्णायक पदमा पुगेपछि समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको वीरेन्द्रनगर नगरपालिकाका वडा सदस्य बुद्धिसरा विकको अनुभव छ ।

“नेतृत्व तहमा पुगेपछि मसँग आशा गर्नेहरु धेरै छन्,” उहाँले भन्नुभयो – “त्यसैले गर्दा पनि मप्रतिको उनीहरुको व्यवहारमा फरक छ । अहिले सबैको अगाडि बोल्दा सबैले कदर गर्ने गरेका छन् ।”

दलित महिला नेतृत्वमा आएपछि उनीहरुमाथि हुने छुवाछूत जस्ता विभेद हटेको अनुभव गरेका यी प्रतिनिधि महिला हुन् । नेतृत्वमा पुगेपछि आफूहरुमाथि समाजले आदर गर्नुका साथै छुवाछूत जस्ता विभेदहरु हटेको अनुभव जिल्लाका नौ वटा स्थानीय तहका ९९ वटा वडामा नेतृत्व गरेका महिला वडा सदस्यहरुको अनुभव छ । पहिले महिला त्यसमाथि पनि दलित भनेपछि कुनै पनि निकायमा उनीहरुको वास्तै हुँदैन्थ्यो ।

तर, अहिले दलित सदस्यको घरघरमा पुगेर भए पनि योजनाको बारेमा पुरुष सहकर्मीहरु सरसल्लाह लिन पुग्छन् । यसरी घरमा आएकाहरुसँगै बसेर खाना खान थालेको वडा सदस्य राधिका बताउनुहुन्छ । उहाँले भन्नुभयो – ‘पहिले खाना खानु भन्दा बहाना बनाएर जान्थे तर, अहिले सँगै बसेर खान थालेका छन् ।”

दलित महिलामाथि हुने विभेदमा विस्तारै कमी आएको लेकवेसी नगरपालिकाका नगर प्रमुख गगनसिंह सुनारले बताउनुहुन्छ । नेतृत्वमा आएपछि दलित महिलाहरु सशक्त हुनाको साथै उनीहरुको कदर पनि हुन थालेको सुनारले बताउनुभयो ।

अहिले जिल्लाका ९९ वडामा १९९ दलित महिला जनप्रतिनिधि छन् ।
जनप्रतिनिधि मात्र होइन समुदायको अन्य स्थानीय संरचना तथा निकायहरुको नेतृत्व गर्दै आएका दलित महिलाहरुमाथि गरिने व्यवहारमा पनि परिवर्तन आएको छ । त्यसकै प्रतिनिधि पात्र हुनुहुन्छ गुर्भाकोट नपा वडा नं ३ की मुसी बाँठा ।

उहाँ गाउँकी स्वयंसेविका हुनुुहुन्छ । गाउँमा स्वास्थ्य समस्या भएमा, गर्भवती भएमा तथा परिवार नियोजनको सल्लाह लिनुपरेमा गाउँभरिका मानिस उहाँको घर जान्छन् ।
नेतृत्वको अवसरले गर्दा उनीहरुको आत्मबल बढेको प्रावि विद्यालयमा अध्यापन गराउँदै आउनुभएकी शिक्षक चन्द्रावती खत्रीले बताउनुभयो । घरपरिवारको काममा मात्र सीमित महिलालाई घरबाहिरको काममा पनि सहभागी गराए उनीहरुमा आत्मविश्वास बढ्नाको साथै समस्या समाधान गर्ने क्षमता पनि बढ्छ ।

अझै पनि दलितहरुमाथि हुने विभेदका घटनाहरु उस्तै भएपनि नेतृत्व तहमा पुगेका महिलाहरुमाथि छुवाछूतको व्यवहार नभएको गुर्भाकोट नपाका उपप्रमुख मैना बिक बताउनुहुन्छ ।

कानूनको डरले गर्दा पनि पछिल्लो समय दलितमाथि हुने विभेदका घटनामा केही कमी आएको उपप्रमुख मैनाले बताउनुभयो । दलित महिला नेतृत्वमा पुगेपछि पछिल्लो समय दलित महिलाको हकहितका लागि योजनाको साथै कार्यक्रमहरु पनि सञ्चालनमा आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

काठमाडौंमा तीव्र गतिको हावाहुरी, जनजीवन प्रभावितः तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com