काठमाडौ १३ भाद्र । बिमस्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुन बिहीबार तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदै छन् । करिब दुई घन्टाको अन्तरालमा भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री आउने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब साढे दुई घन्टाका लागि बन्द गरिने बताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । मोदी चार्टर फ्लाइटमार्फत आउन लागेको हुन् । बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द गरिने विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोल (एटिसी) रुमका प्रमुख सीताराम भण्डारीले जानकारी दिएका छन ।
यसैगरी ९ बजेर १५ मिनेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना विमान बंगालमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा बिहान १० बजेर १५ मिनेटमा काठमाडौं आइपुग्ने छन्। वचा चार्टर उडानमार्फत काठमाडौं आउन लागेका हुन्।
२ घन्टाको अन्तरालमा तीन देशका प्रधानमन्त्रीको आगमन हुने भएकाले उक्त अवधिमा विमानस्थलमा कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नहुने एटिसी प्रमुख भण्डारीले जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस्