रौतहट, ३० साउन । अख्तियारले रौतहटमा एक जना लेखा सहायकलाई ४५ हजार घुस सहित पक्राउ गरेको छ । जिल्लाको गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा कार्यरत लेखा सहायक प्रमोद ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले नगद सहित पक्राउ गरेको हो ।
पक्राउ परेका ठाकुरले विद्यालयको भवन निर्माण कम्पनीसँग बारम्बार पैसा मागेर हैरान गर्ने गरेको र सोही सूचनाको आधारमा ठाकुरलाई निगरानीमा राखेर पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्