काठमाडौं, १२ चैत — प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित विशेष समारोहमा उनीहरूले औपचारिक रूपमा शपथ लिएका हुन्।


शपथ ग्रहण कार्यक्रमको अध्यक्षता गर्दै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
नवनिर्वाचित सांसदहरूको शपथसँगै नयाँ प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय भएको छ। अब संसद्को आगामी कार्यसूचीअनुसार सभामुख चयन, संसदीय दल गठन र विधायन प्रक्रिया अघि बढ्नेछ।












प्रतिक्रिया दिनुहोस्