
काठमाडौं, २४ साउन । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ ।
जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन पुगेका राष्ट्रिय सभाका सांसद एवम् मुख्य सचेतक भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको हो । जापानले नेकपाका नेता भट्टराईलाई किन प्रवेशको अनुमति दिएन केही बताइएको छैन ।
भट्टराईसँगैको भ्रमण टोलीमा नेकपाका अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष किशोर मल्ल, दुर्गा शर्मा लगायत रहेको स्रोतले जनाएको छ ।
भट्टराई लगायतको टोलीलाई हिरोसिमामा आयोजित कार्यक्रम स्थलसम्म पु¥याउन नेपालबाट बासु गौतम लगायतको टोलीले सहयोग गरेको थियो । गौतमले हिरोसिमामा कार्यक्रम तय भएको स्वीकार गरेका छन् ।
गौतमले नेकपाका नेता भट्टराईलाई जापानले रोकेको भन्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको दाबी गरे । हिरोसिमामा निशस्त्रीकरण सम्बन्धी कार्यक्रम आयोजना गरिएको र नेपालबाट नेकपाका नेता भट्टराईसहितका युवा नेताहरूको टोली पठाइएको बताए ।
यसअघि जापानले नेपालीहरूलाई कडा निगारनीमा राख्दै आएको थियो । जापानमा मान्छे छाडेर आउने गरेको भन्दै निगरानी बढाएको हुन सक्ने एक नेपालीले बताए ।
नेविसंघका पूर्वअध्यक्ष एवम् कांग्रेस नेता प्रदीप पौडेलसहितका सञ्चारकर्मी र नेताहरूलाई पनि यसअघि जापाने विमानस्थलबाटै फिर्ता पठाइदिएको थियो ।



















प्रतिक्रिया दिनुहोस्