ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबार आगजनी गर्ने भेटिएनन्


एबीसी न्यूज
चैत्र १२, २०८२ बिहीबार  ७ : ४५ बजे

काठमाडौं, १२ चैत्र । भदौ २४ गते देशका विभिन्न संवेदनशील क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन र सिंहदरबारलगायतका क्षेत्रमा भएको आगजनीका घटनामा संलग्न मुख्य दोषीहरूलाई पहिचान गर्न गौरीबहादुर कार्की आयोग असफल भएको छ।

आयोगले आफ्नो प्रतिवेदनमा ठोस प्रमाणको अभाव, छोटो कार्यादेश र सुरक्षा निकायहरूबाट प्राप्त हुनुपर्ने ‘इन्टेलिजेन्स रिपोर्ट’ नपाएका कारण कसैलाई पनि अभियोजनका लागि सिफारिस गर्न नसकिएको उल्लेख गरेको छ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भदौ २४ को घटनामा संलग्न व्यक्तिहरूको सम्बन्धमा निक्र्यौल गर्न अहिलेसम्मको छानबिनबाट ‘ठोस सबुद प्रमाण’ फेला परेको छैन। ‘आयोगलाई सहयोग पुग्ने गरी कुनै पनि इन्टेलिजेन्स रिपोर्ट सरकारी वा गैरसरकारी निकायबाट हालसम्म प्राप्त हुन सकेको छैन। सीमित कार्यादेश र समय एवं जनशक्तिको अभावका कारण देशभरिका घटनाहरूको विस्तृत छानबिन गरी तत्कालै कोही कसैलाई दोषी प्रमाणित गर्न आयोगले सकेन,’ प्रतिवेदनमा भनिएको छ।

२४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालयलगायतका सरकारी संस्थामा आगजनी र लुटपाट भएको थियो। दोषी नै किटान गर्न नसके पनि आयोगले वैज्ञानिक अनुसन्धानको पाटोलाई भने पछ्याएको देखिएको छ। घटनाको दिन संघीय संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत र निजी व्यापारिक प्रतिष्ठान वरपर उपस्थित व्यक्तिहरूको पहिचान गर्न टेलिफोन टावरको बीटीएस डाटा अध्ययन गरिएको उल्लेख छ।

आयोगले नेपाल टेलिकम र एनसेलबाट प्राप्त गरेको तथ्यांकको अध्ययन गरी त्यस समयमा ती संवेदनशील स्थानमा उपस्थित रहेका टेलिफोन नम्बरहरू प्रतिवेदनमा समावेश गरेको छ। आयोगको सुझाव छ– ‘अब सरकारले विशेषज्ञसहितको अनुसन्धान टोली गठन गरी ती नम्बरहरूलाई सीसीटिभी फुटेज, सामाजिक सञ्जालका दृश्य र पीडितहरूले खिचेका भिडियोहरूसँग भिडाइ दोषीसम्म पुग्नुपर्ने देखिन्छ।’

प्रतिवेदनको सबैभन्दा गम्भीर पाटो सुरक्षा निकायको परिचालन र नेतृत्वको आदेशमाथि उठाइएको प्रश्न हो। भदौ २३ गते निहत्था प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको प्रहरीले २४ गते भने ठीक उल्टो र ‘अस्वाभाविक’ व्यवहार देखाएको प्रतिवेदनले औंल्याएको छ।

प्रतिवेदनअनुसार, कठिन परिस्थितिमा फिल्डमा खटिएका प्रहरीको मनोबल उच्च राख्न ‘आवश्यकताअनुसार कानुनबमोजिम अन्तिम बल प्रयोग गर्ने र आवश्यक परे हवाई उद्धार गर्ने’ सम्मको ढाडस दिनुपर्नेमा नेतृत्वबाट आत्मघाती प्रकृतिको निर्देशन आएको देखिन्छ। प्रतिवेदनमा उल्लेख छ– ‘सकभर बल प्रयोग नगर्ने, गर्नै परे पनि अ श्रुग्यासबाहेक केही नगर्ने, हातहतियार र सञ्चार सेट सुरक्षित गर्ने तर थुनुवाको लिस्ट तयार गरी छाडिदिने र ‘सुरक्षित रहने’ भनी कहिल्यै नसोचेको आदेश दिइयो। यसले सम्पूर्ण प्रहरीहरूमा डटेर सामना गर्ने मनोविज्ञान नै मरेर गएको देखिन्छ।’

यस्तो आदेशका कारण प्रहरीले आफ्नो सुरक्षा र सरकारी सम्पत्तिको रक्षा गर्न छोडेर पछि हट्नुपर्ने स्थिति सिर्जना भएको र यसले आन्दोलनकारीलाई थप उग्र बन्न मद्दत पुगेको विश्लेषण आयोगको छ।

आयोगले आफ्नो प्रतिवेदनमार्फत अबको अनुसन्धानको जिम्मेवारी सरकारको काँधमा सुम्पिएको छ। संकलन गरिएका हजारौं टेलिफोन नम्बर र प्राविधिक प्रमाणहरूलाई ‘विज्ञ टोली’ मार्फत विश्लेषण गरी आगजनी र तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन ढिलाइ गर्न नहुने प्रतिवेदनको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

सम्बन्धित

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

इरानले अमेरिकासँग वार्ता नगर्ने अडान, इजरायलले लेबनानमा ‘बफर जोन’ विस्तार गर्ने घोषणा

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

कार्की प्रतिवेदनः भदौ २३ को ‘विस्तृत न्याय’, २४ को नियतपूर्ण वेवास्ता !

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com