
काठमाडौं,११साउन । प्रमुख विपक्षी कांग्रेसले सरकार र डा. गोविन्द केसीबीच भएको नौबुँदे सहमति नेपाली जनताको जित भएको बताएको छ ।
संसदको शुक्रबारको बैठकको सुरुमै सम्बोधन गर्दै कांग्रेस नेता मिनेन्द्र रिजालले सरकार र डा.केसीबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरे । नौबुँदे सहमतिलाई संसदको सम्पत्ति बनाउनसमेत उनले माग गरे ।
डा.केसी, विपक्षीहरुले चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन आग्रह गर्दा सरकारले नसुनेको स्मरण गर्दै नेता रिजालले भने,अहंकारको सिंहासनमा बस्नेहरु जनतामा सामुन्ने झुक्न बाध्य हुनुपर्यो । आज हाम्रा लागि खुसीको दिन हो, जनताका लागि खुसीको दिन हो ।



















प्रतिक्रिया दिनुहोस्