काठमाडौं,२ साउन । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।
आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै संघले बन्द गर्ने घोषणा गरेको हो ।
सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा.केसीलाई जर्वरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सृर्जना गर्न वार्तामा बसेको हो ।
चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।
‘एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन र सरकार संवेदनशील हुन्छ भन्ने विश्वास लिएका छौं ।
संघले भनेको छ, सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा। केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।
प्रतिक्रिया दिनुहोस्