
काठमाडौं,२ साउन । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका नेता गगन थापाले डाक्टर गोविन्द केसीसंगको वार्तामा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन ।
बुधबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको पत्रकार र पत्रकारका परिवारका लागी निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै नेता थापाले पछिल्लो पटक भएको वार्तामा सरकार गम्भीर नभएको र समाधान नचाहेको आरोप लगाएकका हुन ।
सरकारले डाक्टर गोविन्द केसीलाई काठमाडौमा ल्याई सैनिक अस्पतालमा भर्ना गर्ने र सदनबाट चिकित्सा शिक्षा बिद्ययेक पारित गर्ने दाउमा रहेको उनकोे भनाई छ । उनले गोविन्द केसीको मागमा सरकारले सहमति नै नचाहेको जिकिर गरे ।
चिकित्सा शिक्षालाई सरकारले व्यापारिकरण गर्न खोजेको आरोप लगाउदै नेता थापाले शिक्षा र स्वास्थको क्षेत्रमा सरकार उदार नीतिका साथ अघि बढ्नपर्ने बताएका छन । उनले नागरिकका लागी वरावरी अवसर नदिए सम्म मुलुकमा समावेशी विकास हुनै नसक्ने टिप्पणी गरेका छन ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले निशुल्क स्वास्थ्य जाच गराएका थिए । पत्रकारहरुको स्वास्थ्यलाई ख्याल राख्दै विभिन्न स्वास्थ्य संस्थासंगको सहकार्यमा निशुल्क स्वास्थ्य जाच कार्यक्रमको आयोजना गरेको प्रेस युनियनले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्