काठमाडौं,१ श्रावन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको बताउनुभएको छ ।
रिपोटर्स क्लव नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले कांग्रेसले संसद अवरोध गरेर गल्ति गरेको आरोप लगाउँदै स्वास्थ्यमन्त्री संसदमा बोल्न नदिएर समस्याको समाधान हुन नसक्ने बताउनुभयो ।
विज्ञहरुको सुझाव र डा.केसीले उठाउनु भएका मागहरुलाई उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्ने उहाको भनाई छ । उहाले भौगोलिक स्थितिलाईमात्रै आधार मानेर मेडिकल कलेज खोल्न नहुनेमा जोड दिनुभयो ।
साक्षात्कारमा कांग्रेसका नेता सञ्जय गौतमले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाले अनशनरत डाक्टर केसीलाई कांग्रेसको कार्यकर्ताका रुपमा परिभाषित गरेर सरकारले गल्ति गरेको भन्दै तत्काल केसीको जीवन रक्षा गर्न समेत माग गर्नुभयो ।
त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्