वीरगन्ज ,१ श्रावन । प्रदेश २ को सरकारले पर्साका दुई जना मधेस आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरेको छ । पन्नालाल यादव र मन्सी राउत पटेललाई प्रदेश सरकारले ३र३ लाख आर्थिक सहयोग गरेको हो ।
मुख्य मन्त्री लालबाबु राउतले मधेस आन्दोलनका घाइतेद्वयको घरमै पुगेर तीन लाखको चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले मधेस आन्दोलनका घाइतेका लागि पहिले चरणमा आर्थिक सहयोग गरिएको बताएका छन । यो पहिलो चरणको काम हो, मधेस आन्दोलनका घाइतेहरुलाई प्रदेश सरकारले विभिन्न प्याकेजमा उनीहरुलाई सहयोग गर्ने बताए ।
प्रदेश सरकारकोे मन्त्री परिषद बैठकले मधेस आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरे अनुसार नै सहयोग वितरण गरिएको मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवले जानकारी दिए ।
यादवलाई मधेस आन्दोलनका क्रममा ०७२ भदौं १४ गते वीरगञ्जको राधेमाईमा घुँडामा गोली लागेको थियो । यादवले आफ्नो उपचारमा ४३ लाख खर्च भएको बताए । घाइते भएदेखि कहिले विएन्डबी त कहिले भारतको एम्स अस्पताल गरेर मेरो उपचारमा निरन्तर खर्च भइरहेको छ ।
घर धितो राखेर ऋण लिएर उपचार खर्च जुटाइरहेको छु,’ उनले भने, ‘यसअघि सखुवा प्रसौनी गाउँपालिकाले ५ लाख र गृह मन्त्रालयबाट ३ लाखजति सहयोग पाएको थिएँ । मंगलबार मुख्यमन्त्री ज्यू स्वयं आएर ३ लाख दिनुभयो । अन्य कतैबाट सहयोग पाएको छैन ।
आफू काम गर्न नसक्ने अवस्थामा रहेकोले परिवार पाल्न निकै कठिनाइ भइरहेको उनको भनाइ छ ।
मन्सी पटेललाई मधेस आन्दोलनकै क्रममा मुलुकमा नयाँ संविधान जारी भएको दिन २०७२ असोज ३ गते माईस्थानमा असोज ३ गते गोली लागेको थियो । गोली लागेर गम्भीर अवस्थामा पुगेका उनलाई सोही दिन हेलिकप्टरमा राखेर काठमाण्डु उपचारका लागि लगिएको थियो ।
भारत र नेपालका अस्पतालमा निरन्तर उपचार गराईरहेका यादवको उपचारमा पनि लाखौं खर्च भएको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् ।
आर्थिक अवस्था कमजोर रहेका कारण मन्सीको उपचारका लागि सामाजिक अभियन्ताहरुले पटक–पटक रकम संकलन गरेर सहयोगसमेत गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्