काठमाडौं,१ श्रावन । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार समक्ष रहेको दावी गर्नु भएको छ ।
अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर त्यहाँ स्थापना हुने बैंकहरुलाई सुरक्षा दिने योजना पनि अघि सार्नु भयो ।
उहाँले सरकारले सबै स्थानीय तहमा तत्काल बैंक स्थापना गर्ने घोषणा पनि गर्नु भयो । अर्थमन्त्री खतिवडाले पुस मसान्तसम्म सबै कारोबार बैकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा ३ महिना भित्र बैंकहरु स्थापना गरिसक्ने पनि बताउनु भयो ।
मंगलबार नेविल बैंकले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले बैंकहरुलाई विद्युतीय प्रणालीबाट संचालन गर्न नविकरणीय उर्जाको प्रयोग गर्न सकिने पनि स्मरण गराउनु भयो ।
अर्थमन्त्री खतिवडाले कर छली हुन नदिन पनि सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधिमैंत्री बनाउँदै लैजाने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री खतिवडाले सरकारले बैंक तथा वित्तिय संस्थाहरुको अभिलेखलाई व्यवस्थित बनाउन पनि यसलाई प्रविधिमैत्री बनाउँदै लैजाने काममा ढिलाई नगर्ने धारणा पनि राख्नु भयो ।
प्रतिक्रिया दिनुहोस्