काठमाडौं,१ श्रावन । सरकारले नेपालबाट विदेश लैजान वा विदेशबाट कार्गो कुरियर हुलाकलगायत माध्यमबाट नेपाल ल्याउन पाइने रकमको सिमा तोकेको छ ।
आजदेखि लागू हुने गरि ५ हजार रुपैयाँ वा ५ हजार डलर मात्रै विदेश लैजान वा ल्याउन सक्ने सिमा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९ क अनुसार व्यक्तिले विदेश जाँदा वा विदेशबाट आउँदा कार्गो, कुरियर, हुलाकलगायत माध्यमबाट नेपाली रुपैयाँ ५ हजार र अमेरिकी डलर ५ हजारसम्ममात्र ल्याउन वा लैजान बताइएको छ ।
यसरी लैजाने वा ल्याउने रकममा भन्सार अधिकृतले स्वीकृती दिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्