बुटवल,३२ असार । दुध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्ष देखि किसान परिचय पत्रको अवधारण अगाडी बढाएको छ । मेयर हिरा बहादुर खत्रीका अनुसार यस बर्ष नै देवदह नगरपालिकाले किसान परिचय पत्र वितरणको योजना अगाडी बढाएको हो ।
वास्तविक किसान पहिचान गरी अनुदान लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि यस्तो किसान परिचय पत्रको अवधारण अगाडी बढाइएको हो । किसानले पाएका विभिन्न सेवा सुविधाहरुलाई विवरणको रुपमा राख्ने गरी यस्तो कार्य अगाडी बढाइने मेयर खत्रीको भनाई रहेको छ ।
नगरपालिकाले थप १ हजार गाईमा कृतिम गर्भाधान गराउने पनि लक्ष्य लिएको छ । विदेश बाट आयात गरिएको बाच्छी मात्रै जन्मीने (सेक्स सिमोन) १ हजार डोज आगामी आर्थिक बर्षमा वितरण गरिने भएको हो । देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट खासगरी पशुको नस्ल सुधारको लागि उक्त योजना अगाडी बढाइएको देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाका अनुसार यसको लागि टेन्डर आह्वान प्रक्रिया अगाडी बढाई सेक्स सिमोन खरिद गरी वितरण गरिने छ । एउटा डोजको न्युतम ३ हजार रुपैयाँ पर्दछ । सोही अनुरुपमा ३० लाख रुपैयाँ विनियोजन गरी किसानलाई निःशुल्क रुपमा सिमाने उपलब्ध गराउन लागिएको हो ।
सिक्स सिमोनको माध्यमबाट गर्भधान गराउँदा गाईले बाच्छी नै पाउने संभावना ९९ प्रतिशत रहेको छ । नेपाल सरकारले केही समय देखि सानो संख्यामा यो सिमोन वितरण गर्दै आएकोमा यस पटक देवदहले आफै यसको थालनी गर्न लागेको हो । देवदहमा बार्षिक १० हजार गाईमा कृत्रिम गर्भाधान गराउन सिमोन आवश्यक पर्दछ । तर अहिले पहिलो चरणमा १ हजार गाई मा कृत्रिम गर्भधान गराउने योजना अगाडी बढाइएको हो ।
मेयर खत्रीका अनुसार पशुधन विमामा मा ५० प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । गाई, बाख्रा, भैसी, पाडा वा हाँस जे मा पनि किसानले विमा गरेर आएमा त्यसको ५० प्रतिशत प्रिमियम रकम प्रदान नगरपालिकाले गर्ने भएको हो । गत बर्ष नगरपालिका भित्र करिव ४ हजार पशुमा पशुधन विमा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्