काठमाडौं ३२ असार । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने भएको छ ।
कलेजो प्रत्यारोपण सेवाका लागी अत्याधुनिक उपकरण भित्राईएको र यसले सर्वसाधारणलाई सहज रुपमा कलेजो प्रत्यारोपण सेवा उपलव्ध गराईने अस्पतालले जनाएको छ ।
अस्पतालको ३६ औं बार्षिकोत्सवका अबसरमा सोमबार काठमाडौमा आयोजित कार्यक्रमकाबीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले कलेजो प्रत्यारोपण सेवाकालागि निर्मित अत्याधुनिक कलेजो प्रत्यारोपण कक्षको उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि कलेजो प्रत्यारोपणबाट गरिने बताउनुभयो । उहाले शिक्षण अस्पतालको स्वास्थ्य क्षेत्रमा छुट्टै महत्व रहेको भन्दै अस्पताललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने सरकारको लक्ष्य रहेको पनि धारणा राख्नुभयो ।
स्वास्थ्य सेवा ग्रामिणमुखी हुन नसकेको भन्दै यादवले सर्वसाधरणको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनु सरकारको योजना रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिपकप्रकाश महराले अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको बारेमा जानकारी गराउदै सुलभ र सहजतरिकाले बिरामीको उपचारका लागी शिक्षण अस्पताल जिम्मेवारीपूर्वक अघि बढ्ने जानकारी दिनुभयो ।
कलेजो प्रत्यारोपण सेवाका लागी अस्पतालले स्वास्थ्य मन्त्रालयसंग अनुमति माग पनि गरेको छ । अबको दुइ महिनाभित्र कलेजो प्रत्यारोपण सेवाको सुरुवात हुने अस्पतालका कार्यकारी निर्देशक महराले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्