ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालविवाह र दाइजो प्रथाविरुद्ध किशोरीहरुको प्रतिबद्धता


bhawani desk

वीरगन्ज,३२ असार । वीरगन्ज महानगरपालिकाका २५ जना किशोरीहरुले बालविवाह नगर्ने – गर्न नदिने तथा दाइजो नलिने र नदिने लिखित प्रतिबद्धता जनाएका छन् ।

वीरगञ्ज महानगरपालिकामा शुक्रबार आयोजित किशोरीहरुका लागि बालविवाह तथा दाइजो प्रथाविरुद्धको अभिमुखिकरण एवं प्रतिबद्धता कार्यक्रममा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा सहभागी १२ देखि १९ वर्ष उमेर समूहका २५ जना किशोरीहरुले बालविवाह तथा दाइजो प्रथाविरुद्ध प्रतिबद्धता जनाएको युवालयका सदस्य एवं कार्यक्रमका प्रशिक्षक जया शाहले जानकारी दिए ।

‘बालविवाह र दाइजो प्रथाले समाजमा पारिरहेको असरका बारेमा हामीले उनीहरुलाई बुझायौं । त्यसपछि किशोरीहरुले बाल विवाह नगर्ने, गर्न नदिने, दाइजो नलिने लिन नदिने प्रतिबद्धता पत्रमा हस्ताक्षर नै गरेका छन्,’ उनले भने, ‘उनीहरुले लिखित प्रतिबद्धतालाई व्यवहारमै उतार्ने संकल्प समेत गरे । सुरुमा यस्तो निर्णय लिँदा पारिवारिक समस्या आउने भएपनि पछि सबै पक्षको साथ पाएपछि त्यसले सार्थकता पाउने उनीहरुको भनाइ छ ।

वीरगञ्ज महानगरपालिका क्षेत्रमासमेत बालविवाह र दाइजो जस्ता कुप्रथा विद्यमान रहेकोले किशोर, किशोरी, उनीहरुको अभिभावक र अन्य सरोकारवालाहरुलाई सचेत बनाउँदै बालविवाह र दाइजो प्रथा निर्मुल पार्न कार्यक्रम सञ्चालन गरिएको शाहले बताए ।

कार्यक्रम मार्फत वीरगञ्ज महानगरका १५ वटा वडामाप्रति वडा ३५ जनाका दरले किशोर किशोरी र उनीहरुका अभिभावकलाई सचेत बनाउने, ५ वटा वडामा घरदैलो तथा प्रतिबद्धता लिने काम गराउने बाल अधिकार सम्बर्द्धन अभियान समितिका अध्यक्ष राहुल शाहले बताए ।

अभिमुखीकरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उप प्रमु्ख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत भिष्म कुमार भुषाल, अधिकृत मुकेश गुप्ता लगायतले २० वर्ष उमेर नपुगी विवाह नगर्न र दाइजो नलिने प्रतिबद्धता व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com