काठमाडौं,३२ असार । आज नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको स्थायी समिति बैठक सम्पन्न भएको छ ।
उक्त बैठक बाट निम्न निर्णयहरु सार्वजनिक भएको कुरा स्थायीसमिति सदस्य तथा प्रदेश न.५ का संयोजक आलोक रायमाझीले जानकारी दिए ।
उक्त बैठकले वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका बिकृती, बिसङगतिहरुका विरुद्धमा निरन्तरसंघर्ष गर्दै १५ औ पटक अनशनरत डा.गोविन्द केसीको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै उहाँका जायज मागहरू तुरुन्त पूरा गर्न सरकार संग माग गरिएको छ ।
साथै डा. केसीको आन्दोलनलाई केहि राजनैतिक पार्टीले नाजायज ढंगले पार्टीकरण गर्न खोजेको प्रति आपत्ति जनाउँदै डा. केसीको जीवन रक्षाका निम्ति जोडदार अपील गरिएको छ ।
त्यसैगरी वर्तमान नेपालको कानुनले दिएको कुटनैतिक नियोगले खोल्न पाउने एउटा विद्यालय बाहेकका भारत सरकारको मातहतका १३ विद्यालयहरुलार्इ सम्बन्ध दिइएकोमा गम्भीर आपत्ति जनाउँदै यस्ता खाले निर्णयले नेपालको सार्वभौमिकता साथै राष्ट्रियतामा गम्भीर दीर्घकालीन असर पु¥याउने निष्कर्ष निकाल्दै, यस्ता गैरकानुनी र राष्ट्रघाति निर्णयलाई तुरुन्तै खारेज नगरे बाध्य भएर आन्दोलनमा जाने निर्णय भएको कुरा रायमाझीले जनाए ।
प्रतिक्रिया दिनुहोस्