ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात


bhawani desk
असार २९, २०७५ शुक्रबार  ५ : ५४ बजे


भक्तपुर, २९ असार । हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ ।

भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान बस्तीका पीडितले पनि अनिदोमै रात काटेका हुन् ।

टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा बसेकामध्ये धेरैको छाप्रो बगाएको र छाप्रो बाँकी भएकाहरुको पनि लत्ताकपडा, ओढ्ने, ओछ्याउने र खाद्यान्न हिलोमा परेपछि बिचल्लीमा परेका छन् । कतिपयले खोला किनाराको आफ्नो बस्ती छाडेर छिमेकीकोमा रात बिताएका छन् भने कतिपय आफन्तको शरणमा पुगेका छन् ।

पक्की घर भएकाहरुमध्ये भुइँतलामा बस्नेहरुको अवस्था पनि उस्तै रह्यो । बाढी घटे पनि घरभित्र पसेको पानी निकाल्न नपाएपछि रातभर अनिदोमै रात बिताउनुपरेको पीडितले बताएका छन् ।

मध्यपुरथिमि राधेराधे बस्ने शर्मिला पाठकले रात अनिदोमै बितेको बताउनुभयो । भाडामा बस्दै आएको उहाँका परिवारका चारैजनाको रात नसुतिकनै बित्यो । उहाँले भन्नुभयो, “दिउँसो बाढी घटे पनि कोठाभित्र पसेको पानी घटेन । कोठामा चार फिटमाथिसम्म पानी भरिएको छ । एक्लैले पानी झिक्न सकिँदैन, ओछ्यान, लुगा, खानेकुरा सबै डुब्यो । के खाने, कहाँ सुत्ने पत्तो छैन ।”

यहाँका बस्तीमा भुइँतलामा भाडामा बस्नेहरुको बिचल्ली भएको छ । सँगैका अशोक थापाले भन्नुभयो, “खानेपानीसमेत छैन, पानी ट्याङ्करले पानी वितरण गर्न आएपछि एक भाँडो पानी थापेर राख्यौँ । यहाँ धेरैको यस्तै बिचल्ली छ । कोठामा छिरेको पानी झिक्न नगरपालिकाले पानी तान्ने पम्पको व्यवस्था गरिदिए धेरैको उद्धार हुने थियो ।”

निजी पानी तान्ने पम्प हुनेहरुले आज पानी तानेर बाहिर फ्याँके पनि पम्प नभएका धेरैको घरभित्रको पानी दह बनेर बसेको छ । कमेरोटार भाटभटेनी पछाडि तीनतले घरको भुइँतलामा भाडामा बस्दै आउनुभएकी सिर्जना श्रेष्ठले भन्नुभयो, “कोठामा पानीसँगै पसेको माटो, हिलो दुई फिटसम्म जमेको छ, भित्र जानेसम्म अवस्था छैन । सुत्ने त कहाँ कहाँ ? सबै एकै ठाउँमा कोचिएर अनिदोमै रात बिताइयो ।”

व्यापारीको पनि उस्तै बिचल्ली भएको छ । भुइँतलामा राखेको पसल र पसलको गोदाम डुब्दा करोडौँका सामान नष्ट भएको छ । थिमिमा सञ्चालित सामसुङ कम्पनीलगायत विभिन्न इलेक्ट्रोनिक्स फर्म, बिक्री पसल, किराना पसल, सिमेन्ट लगायतका निर्माण सामग्री डुबेर नष्ट हुँदा करोडौँको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

मोज्तबा खामेनेई इरानको नयाँ सर्वोच्च नेताः बदलिँदो शक्ति–सन्तुलन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

संखुवासभामा एमालेका अर्जुन निरन्तर अगाडि, कसको कति ?

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

मोज्तबा खामेनेई इरानको नयाँ सर्वोच्च नेताः बदलिँदो शक्ति–सन्तुलन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com