काठमाडौं,२९ असार । अविरल वर्षाका कारण डुबानमा परेको भक्तपुरको अधिकांश स्थानको जनजिवन सामान्य बन्दै गएको छ ।
डुबान क्षेत्रको जलस्तर घटेसंगै जनजिवन समान्य बन्दै गएको हो । डुवानका कारण घरछाडेका सर्वसाधारण घरमा गई सफाईमा जुटेका छन् । त्यस्तै डुवानमा परेका अस्पताल बिद्यालय लगाएत बिभिन्न कार्यालयहरु बन्द गरि कर्मचारीहरु सफाईमा लागेका छन् ।
भक्तपुरमा वर्षाका कारण आएको बाढीले डुबानमा परेका सयभन्दा बढीको उद्धार गरिएको थियो ।
अविरल वर्षाले हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि दक्षिण पश्चिम मध्यपुरथिमि वडा नं १ लोकन्थलीसम्मको भू–भाग डुबानमा परेको थियो भने हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धीस्मृति बाल अस्पताल, राममन्दिर, सल्लाघारीस्थित युवामुरा अस्पताल, मध्यपुरथिमिस्थित मध्यपुरथिमि अस्पतालसमेत जलमग्न भएको थियो । डुवानमा परेका सबै स्थानकामा पानीको सतह सामान्य अबस्थामा आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्