छेन्दु, २३ असार । चिनिया विज्ञहरूले नेपालले चीन र भारतको विकासबाट आफ्नो मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् ।

चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित नेपाली मिडिया कार्यशाला गोष्ठीमा उपस्थित चिनिया विज्ञहरूले नेपालले आफ्नै बलबुतामा विकास गर्नुपर्ने तर दुई विशाल छिमेकी देशको विकासबाट धेरै सिक्नुपर्ने बताएका हुन ।

चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित नेपाली मिडिया कार्यशाला गोष्ठीमा उपस्थित चिनिया विज्ञहरूले नेपालले आफ्नै बलबुतामा विकास गर्नुपर्ने तर दुई विशाल छिमेकी देशको विकासबाट धेरै सिक्नुपर्ने बताएका हुन ।

कार्यशालामा नेपाल-चीन सम्बन्धबारे धारणा राख्दै सेन्ट्रल सेक्युरिटी एण्ड डेभलपमेन्ट अफ वेस्ट्रन फ्रन्ट्रियर अफ चाइनामा कार्यरत प्रो.योङ थाईले भने, ‘नेपाल दुई विशाल छिमेकी बीचमा रहेको ढुंगा होइन, डायमण्ड भएका कारण यहाँको विकास र समृद्धि अवश्यंभावी छ ।’ अहिलेसम्म बलियो सरकार नहुँदा नेपालमा अस्थिरता र विकास हुन नसके पनि अब स्थिर सरकारले विकासको बाटोलाई अघि बढाउने विश्वास उनले गरे ।

यस्तै, सिचुवान विश्वविद्यालयमा इन्स्टिच्यूट अफ साउथ एशियन स्टडी सेन्टर अन्तर्गत सेन्टर फर नेपाल स्टडीका प्रोफेसर हुयाङ झेन्दाउले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरूबीचको एकता पछि बनेको बलियो नेतृत्वले विकास र समृद्धिलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

पार्टी एकतालाई एेतिहासिक उपलब्धी भन्दै हुयाङले अब स्थिर र बलियो सरकारले बनाउने नीतिका आधारमा चिनिया लगानी भित्रिन सक्ने बताए । उनले प्रधानमन्त्री केपी ओलीको सुखी नेपाली समृद्ध नेपालको सपनालाई पुरा गर्न राष्ट्रपति सि जिङपिङले सहयोग गर्ने बताएको स्मरण गर्दै चीन र नेपालका जनताबीचको सम्बन्धमा समेत नयाँ आयाम थपिएको धारणा राखे ।



















प्रतिक्रिया दिनुहोस्