
चितवन, २३ असार । शारदा स्मृति प्रतिष्ठानले २०७५ सालको ‘शारदा स्मृति पुरस्कार’ वरिष्ठ वामपन्थी व्यक्तित्व खम्बासिंह कुँवर (काजीबा)लाई प्रदान गर्ने भएको छ ।
साँस्कृतिक शहीद शारदा श्रेष्ठको स्मृतिमा स्थापित प्रतिष्ठानको बुधबार बसेको बैठकले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको दुई पुरस्कार २०७५ सालको लागि कुँवर र श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै प्रतिष्ठानले नै प्रदान गर्दै आइरहेको ‘डिल्लीराम–धनसरा प्रतिभा पुरस्कार’२०७५ सालको लागि कवि सुमनराज श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
दशवर्षे जनयुद्धको दौरान सांस्कृतिक मोर्चामा रहेर काम गरेकी शहीद शारदा श्रेष्ठ २०६१ साल असार २९ गते तत्कालीन शाही सेनाको हिरासतमा रहँदा मारिएकी थिइन् । उनकै स्मृतिमा गठित प्रतिष्ठानले जनस्तरबाट रकम संकलन गरेर स्थापना गरेको स्मृति पुरस्कार यस वर्षको लागि चितवनका पुराना वामपन्थी नेता खम्बसिँह कुँवरलाई प्रदान गर्न लागिएको हो ।
कवि श्रेष्ठलाई प्रदान गर्न लागिएको डिल्लीराम–धनसरा प्रतिभा पुरस्कार भने वरिष्ठ प्रगतिवादी कवि पोषराज पौडेलले आफ्ना माता पिताको नाममा स्थापना गरेका हुन् ।
ल प्रगतिशील लेखक सङ्घ, चितवन शाखाका अध्यक्ष समेत रहेका कवि सुमनराज श्रेष्ठको कविताकृति ‘सपनाहरूको ह्याङ्गओभर’ २०७१ सालमा प्रकाशित छ ।



















प्रतिक्रिया दिनुहोस्