
काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताले सरकारले तोकेको निषेधित क्षेत्र बुधबार तोडेका छन् । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकको निर्णयानुसार नेता प्रदीप पौडेल नेतृत्वको कार्यकर्ताहरुले राजधानीको माइतीघरमा जम्मा भएर निषेधित क्षेत्र तोडेका हुन् ।
निषेधित क्षेत्र तोड्ने क्रममा कांग्रेस कार्यकर्ता र नेविसंघ निकट विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गर्नुका साथै सरकारी निर्णय सच्याउन पनि आग्रह गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व ध्यक्ष प्रदीप पौडेलको नेतृत्वमा विद्यार्थीको समूहले निषेधित क्षेत्र तोडेको हो । प्रहरी परिचालन गरिए पनि नेविसंघले माइतीघरस्थित निषेधित क्षेत्र तोडेको हो ।
नेपाली कांग्रेसले बुधबारै निषेधितत क्षेत्रबारेमा संसदमासमेत कडा रुपमा प्रस्तुत हुने जनाएको छ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले निषेधित क्षेत्र जारी एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो । विरोध कार्यक्रममा नेता पौडेल र नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत बोलेका थिए ।



















प्रतिक्रिया दिनुहोस्