ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानसरोवरमा अलपत्र भारतीय पर्यटकको उद्धार


एबीसी न्यूज

काठमाडौँ, २० असार ।  सरकारले कैलाश मानसरोवर यात्रामा अलपत्र परेका केही भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत प्रभावकारीरुपमा उद्धार भइरहेको जनाएको छ ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिकूल मौसमका कारण उडान अवरोधका कारण उद्धारमा कठिनाइ भए पनि मंगलबारदेखि सबै संयन्त्र परिचालन गरेर प्रभावकारी रुपमा तीर्थयात्रीको उद्धार भइरहेको जनाएको हो ।

यही असार १७ र १८ गते उडान हुन नसकेका कारण तीर्थयात्रीलाई सम्बन्धित गन्तव्यमा ल्याउन कठिन भएको थियो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार ५५३ जना सिमिकोट र ३०० जना तीर्थयात्री हिल्सामा रहेका छन् । उनीहरुको आज पनि मौसमले साथ दिएकाले धमाधम उद्धार भइरहेको र भोलिसम्म सबै यात्रीको उद्धार गरिनेछ ।

भारतीय तीर्थ यात्रुको उद्धारमा स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी तथा तारा, सिम्रिक र समिट एयरका हेलिकप्टर खाटिएको प्रवक्ता उपाध्यायले बताउनुभयो ।

कैलाश मानसरोबरमा लेक लाग्ने समस्याका कारण तीनजना र बाटोमा फर्कने क्रममा चार गरी जम्मा सात जनाको मृत्यु भएको पनि पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

प्रत्येक वर्ष कैलास मानसरोवरमा लेक लागेर भारतीय तीर्थयात्रीको मृत्यु हुने गरेको छ । गतवर्ष २१ जनाको मृत्युभएको थियो । प्रवक्ता उपाध्यायले अलपत्र परेका यात्रीको उद्धारका लागि मन्त्रालयको समन्वयमा सबै संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरिएको बताउनुभयो ।

उहाँले उडान नहँुदा अलपत्र परेका भनिएका तीर्थयात्रीलाई होटलमा बस्न खान कुनै समस्या नरहेको पनि स्पष्ट पार्नुभयो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मंगलबार ट्वीट गर्दै १६० जना तीर्थयात्रीलाई हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको जानकारी दिनुभएको थियो ।

दुई सय ५० जनालाई हिल्साबाट सिमिकोट ल्याइएको छ । मन्त्री अधिकारीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई उल्लेख गरेर लेखेको उक्त ट्वीटमा तीर्थयात्रीको मंगलबार र बुधबार होलिकोप्टरमार्फत उद्धार हुने जानकारी दिनुभएको थियो ।

आज मन्त्रालयको समन्वयमा यात्रीको प्रभावकारी उद्धार भइरहेको छ । मौसमले पनि साथ दिएका कारण धेरै तीर्थयात्रीलाई आज सुरक्षित गन्तव्यमा पु¥याइने बताइएको छ । अबिरल वर्षाका कारण कैलाश मानसरोवरको यात्रामा गएका करिब एक हजार ६०० भारतीय तीर्थयात्री अलपत्र परेको जनाइएको छ ।

हुम्ला र हिल्साबाट तीर्थयात्री नेपालगञ्ज ल्याउने क्रम शुरु 

वर्षाका कारण हिमाली जिल्लामा उडान अवरुद्ध हुँदा हुम्लाको सिमिकोट विमानस्थल र नेपाल–तिब्बत सीमा नाका हिल्सामा अलपत्र परेका कैलाश मानसरोबरका भारतीय तीर्थ यात्रुलाई नेपालगञ्ज ल्याउने क्रम शुरु भएको छ ।

हिजोबाट जहाजको उडान नियमित भएपछि हुम्लाको सिमिकोट र हिल्सा क्षेत्रबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउन थालिएको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताउनुभयो ।

‘हिजो तीनवटा उडान र आज बिहानैदेखि भइरहेको उडानबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउने क्रम जारी छ’—सूचना अधिकारी गौतमले भन्नुभयो । नेपाल—तिब्बत सीमा क्षेत्रमा रहेकालाई हेलिकप्टरबाट हुम्लासम्म र हुम्लाको सिमिकोट विमानस्थलबाट नेपालगञ्ज ल्याउन थालिएको छ ।

हुम्लाबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउन समिट, सीता र तारा एयरलाइन्सको दैनिक १०÷१२ उडान हुने र एक उडानमा १४ जनालाई ल्याउन सकिने सूचना अधिकरी गौतमले जानकारी गराउनुभयो ।

हिजो सिमिकोटबाट करिब १५० भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज फर्काइएको र उहाँहरुको बसोवासको उचित प्रबन्धसमेत मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो ।

‘भारतीय तीर्थयात्रुलाई केही अप्ठेरो परेको छ भने स्थानीय प्रशाशन, प्रहरी र आप्mनो ट्राभल एजेन्सीमा सम्पर्क राख्न पनि हामीले आग्रह गरेका छौं’—प्रजिअ केसीले भन्नुभयो ।

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका सूचना अधिकारी गौतमका अनुसार हुम्लामा करीब ५०० को भारतीय तीर्थयात्रु भएकोमा हिजो १५० र आज पनि त्यसकै हाराहारीमा ल्याइने बताइएको छ । नेपालगञ्ज आइसकेका भारतीय तीर्थयात्रुलाई नेपालगञ्जबाट काठमाडौँ उडान भर्न भने कुनै समस्या नभएको प्रजिअ केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com