चितवन, २० असार । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सो सडक खण्डको टोपेखोला र कालीखोलामा बुधबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध थियो । कालिखोलाको पहिरो पन्छाएपछि दिउँसो साढे १२ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । तोपेखोलामा खसेको पहिरो भने पन्छाउने काम जारी रहेको उनले बताए ।
सडक एकतर्फी रुपमा सञ्चालन भएपछि रातिदेखि रोकिएका नाइट बसलाई प्राथमिकता दिएर पास गराइएको खनालले बताए । दुईतर्फी बाटो भने ४ बजेपछि मात्रै खुल्ने सम्भावना रहेको आयोजनाले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्