ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न जापानलाई आग्रह


bhawani desk
असार १८, २०७५ सोमबार  ५ : ०१ बजे

काठमाडौं,१८ असार । सरकारले नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउन जापान सरकारलाई आग्रह गरेको छ ।

ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गरेको भेटवार्तामा सो आग्रह गरिएको हो ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पुनले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार लागिपरेकाले सहयोगका लागि जापानी राजदूतलाई आग्रह गरेको हो।

मन्त्री पुनले भने, हामीले ऊर्जा र जलविद्युत्को क्षेत्रमा निकै महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौं, यसमा जापानबाट हामीले ऋण, सहयोग र लगानीको अपेक्षा गरेका छौं।

उनले जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिनसमेत राजदूत साइगोसँग आग्रह गरेका छन। मन्त्री पुनले जापान नेपालको पुरानो र भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा समेत नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

भेटमा जापानी राजदूत साइगोले नेपाल र जापानको सम्बन्ध विगतदेखि सुमधुर रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझ मजबुत बन्ने धारणा राखे । उनले नेपालमा जापानले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दैै आगामी दिनमा ऊर्जा र जलस्रोतको क्षेत्रमा काम गर्न जापान इच्छुक रहेको बताएका छन।

जापानी राजदूत साइगोलले जापानले कुलेखानी–१, कुलेखानी–२ र कालीगण्डकी ‘ए’मा समेत सहयोग गरेको जानकारी दिँदै आगामी दिनमा समेत ऊर्जा क्षेत्रमा सहकार्य गर्न जापान तयार रहेको धारणा राख्नुभएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले जाजरकोटस्थित नलगाड जलविद्युत् परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउनसमेत जापानी राजदूतलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com