ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 महोत्तरी जलेश्वरमा वडाध्यक्षहरूको आन्दोलन


bhawani desk

गौशाला, १३ असार । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् ।

जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै, आफूहरु नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा आन्दोलनमा उत्रेको जनाएका छन् ।

आन्दोलनकारी वडाध्यक्षले प्रमुख रामशंकर मिश्रले आफूहरुको वडाभित्र एउटा चिमसमेत लगाउने अधिकार रहन नदिएको र वडाभित्र विभिन्न कार्यक्रम गर्दा आफूहरुसँग कुनै पनि सोधपुछ वा समन्वयसमेत नगरेको आरोप लगाएका छन् ।

उनीहरुले सरुवा भइसकेका र २४ घण्टामा तोकिएको ठाउँमा हाजिर हुने आदेशसमेत आइसकेका इञ्जिनियर माधवेन्द्र चौधरीलाई प्रमुख मिश्रले जालझेल गरी झुठो बहुमतबाट जनप्रतिनिधिको निर्णय गरेर रोकिराखेको र उनीमार्फत नगरपालिकामा करोडौँको भष्ट्राचार गराइरहेको आरोप लगाएका छन् ।

जम्मा १२ वटा वडा रहेको जलेश्वर नगरपालिकाको सातजना वडाध्यक्ष आन्दोलनमै रहेको बेला प्रमुख मिश्रले पाँचजना वडाध्यक्ष र मनोनीत सदस्यको संख्यालाई बहुमतको संख्या बताउँदै विभिन्न योजनामा करोडाँै रुपैयाँ हिनामिना गरिरहेको आन्दोलनकारी वडाध्यक्षले आरोप लगाएका छन् ।

उनीहरुले सरुवा भइसकेका इञ्जिनियर चौधरीले जलेश्वर नगरपालिका–२ स्थित आफ्नो घरमै नपाको सम्पूर्ण आवश्यक फाइल लगेर कामकाज गरिरहेको र आफूहरुले के, कुन काम कहाँ भइरहेको छ त्यसको लागतलगायतका कुरा सोध्दा तपाईको सरोकार नरहेकोजस्ता जवाफ दिने गरेको तथा नगरपालिकामा आफूहरुको विरोधमा गुण्डा परिचालन गरेर मेयर तथा इञ्जिनियरले मनोमानी ढंगले नगरपालिकाका करोडौं रुपैयाँ भ्रष्टाचार गर्न लागेको आरोप लगाएका छन् ।

आन्दोलनकारी वडाध्यक्षले इञ्जिनियर चौधरीलाई तुरुन्त नेपाल सरकारले सरुवा गरेको ठाउँमा नपठाए र मेयरले आफ्नो भ्रष्टाचारी गतिविधि तुरुन्त नरोकेमा सातजना वडायक्षले आउँदो आइतबारदेखि नगरपालिकामा क्रमशः अनसन, रिले अनसन र आमरण अनशनमा बस्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com