विराटनगर, ८ असार । मोरङको उर्लाबारी– ५ स्थित एरोमा होटलमा वडा सदस्यले एक युवामाथि चक्कु प्रहार गरेका छन् ।
गएराति विश्वकप फूटबल हेर्नेक्रममा भएको विवाद भएपनि चक्कु वडा अध्यक्ष सचिन शाक्यले चक्कु प्रहार गरेका हुन ।
फूटबल म्याच सकिएपछि राति ३ बजे उर्लाबारी वडा नम्बर ३ का वडा सदस्य सचिन शाक्यले चक्कु प्रहार गरी सोही वडाका २८ वर्षीय विशाल तामाङलाई घाइते बनाएको प्रहरीले जानकारी दिएको छ ।
घाइते तामाङको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुई जनाबीच के विषयमा विवाद भएको थियो भन्ने खुल्न सकेको छैन । चक्कु प्रहार गर्ने शाक्य फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।
घाइते तामाङ मोरङ – ११ बाट फुटबल खेल्ने गर्छन् । चक्कु प्रहार गर्ने शाक्य तरुण दल मोरङका सचिव र उर्लाबारी जेसिजका अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्