ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवअधिकार र सञ्चार तालीम


एबीसी न्यूज
असार ५, २०७५ मंगलबार   ११ : ५०   बजे

पाल्पा, ५ असार  मानवअधिकार र सञ्चार विषय दुईदिने तालीम पाल्पामा सोमबार शुरु भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा भएको तालीममा जिल्लाका मानव अधिकारकर्मी र पत्रकारका लागि तालीम आयोजना गरिएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण बढेको बताउनुभएको छ । उहाँले राजनीतिमा व्यापारीकरण बढेको भन्दै त्यसको अन्त्यको लागि सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

गरीब र निमुखा नागरिकको हकहितमा मानवअधिकारकर्मी र सञ्चार क्षेत्र समन्वय गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । पत्रकार सेनानी मेघराज शर्माले मानवअधिकार उल्लंघन भएका घटनालाई सञ्चारकर्मीले खोजीखोजी बाहिर ल्याउनुपर्ने बताउनुभएको छ ।

पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष भगवान भण्डारीले प्रत्येक नेपालीको घरमा मानवअधिकारको प्रत्याभूति गर्ने वातावरण बनाउन सञ्चारमाध्यम लाग्नुपर्ने बताउनुभयो ।

प्रशिक्षक यज्ञप्रसाद अधिकारीले विकासका लागि मानवअधिकारमुखी पद्धति र चन्द्रकान्त चापागाईले मानवअधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र समाधानका उपाय विषयमा सहजीकरण गर्नुभएको छ ।

इन्सेक प्रतिनिधि यज्ञमूर्ति तिमिल्सेनाले पाल्पा जिल्लामा मानवअधिकार रक्षकको अवस्था र चुनौती तथा पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशलले मानवअधिकार संरक्षणमा पत्रकारको भूमिका विषयमा सहजीकरण गरिरहनुभएको छ । पत्रकार महासंघ पाल्पा र मानवअधिकार निगरानी समूहको समन्वयमा हिजोबाट चलेको तालीम आज सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group