काठमाडौं, असार २ । दिवंगत ज्ञानु र प्रकाश दाहालको स्मृतिमा ज्ञानु दाहाल मेमोरियल ट्रष्ट नेपालले आगामी असार ५ गते चितवनमा ‘बृहत निशुल्क स्वास्थ्य शिविर’ गर्ने भएको छ ।
चितवनको भरतपुर महानगरपालिका बडा नं १४ शिवनगरमा असार ५ गते हुने बृहत निशुल्क स्वास्थ्य शिविरमा पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ चेक जाँच गरिने छ । शिविरमा विरामीलाई औषधि निशुल्क वितरण गरिने शिविर संयोजक सरस्वती दाहाल अधिकारी ले जानकारी दिइन ।
ज्ञानु दाहाल क्यान्सर मेमोरियल ट्रष्ट नेपालकाे आयोजना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा गर्न लागिएको शिविरको संयोजन भने भरतपुर महानगर वडा नं १४ ले गरेको हाे ।
बृहत निशुल्क स्वास्थ्य शिविरको उद्घाटन प्रमुख अथिति भरतपुर महानगर प्रमुख रेणु दाहालले गर्ने कार्यक्रम छ ।
असार ५ गते (मंगलबार) विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुने बृहत निुशल्क स्वास्थ्य शिविरमा उपस्थिति भई स्वास्थ्य चेकजाँच गरि यथोचित लाभ लिन आयोजकले सम्पूर्ण महिलाहरुलाई अनुरोध गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्