ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढुंगेलको मुद्धामा सर्वोच्चले अन्तरिम आदेश दिएन


admin

काठमाडौँ, १५ जेठ।  सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगेका पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका अवसरमा सजाय मिनाहा दिने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा आज ढुङ्गेलको असल चालचलनको कारण सजायमा ६० प्रतिशत छुट दिने गरी सिफारिस भएर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी भएर आज बिहान कारागारबाट मुक्त भइसकेको हुँदा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिएको हो ।

आदेशमा भनिएको छ, “ढुङेललाई बाँकी कैद सजाय मिनाहा दिने गरी मन्त्रिपरिषद्को निर्णयसमेतबाट भएका सिफारिशसमेतको काम कारबाहीसमेत यसअघि २०७२ पुस २३ गते मा भएको फैसला विपरीत छ छैन र उक्त सिफारिश कागारागर नियमावली, २०२० बमोजिम छ छैन भन्ने विषय प्रस्तुत मुद्दाको अन्तिम निर्णय हुँदा विचार हुनेछ ।”

गणतन्त्र दिवसको अवसरमा बाँकी सजाय मिनाहा भएपछि ढुङ्गेल आज बिहान डिल्लीबजार कारागारबाट रिहा हुनुभएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा माफी दिने ‘सरकारी निर्णय’ रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दिनुभएको थियो ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले शुक्रबार ढुंगेललाई माफी दिनाको कारणसहित २४ घण्टाभित्र दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो । सोमबारको सुनवाइपछि अदालतले सरकारले सजाय मिनाहासम्बन्धी सक्कल फाईल मगाउने आदेश जारी गरेको थियो ।

मंगलबार अदालतल शुरु हुनुभन्दा अगाडि नै सजाय मिनाहा भएर ढुङ्गेल जेलमुक्त भईसक्नुभएको थियो । अदालतले सरकारको निर्णयलाई सदर गरेको छ तर मुद्दाको किनारा लाग्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com