काठमाडौं १५ जेठ । कारले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।
सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत परिवर्तन गर्ने संकेत यसअघि नै गरिसकेको थियो ।
प्रतिक्रिया दिनुहोस्