काठमाडौं, १५ जेठ । विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
केसीलाई प्रहरीले यसअघि म्याच फिक्सिङ प्रकरणमा समेत पक्राउ गरेको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंको विषेश टोलीले सोमबार उपत्यकाको विभिन्न स्थानबाट पूर्व राष्ट्रिय खेलाडी केसी सहित ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेको गिरोहले अहिले जारी क्रिकेट र फुटबलका खेलहरुमा जित, हार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरुका साथबाट जुवा खेलाउन प्रयोग सामाग्रीहरु समेत बरामद गरेको छ। उनीहरुको कसरी सट्टाबाजीको धन्दा चलाउँदै आएका थिए भन्ने बारेमा प्रहरी परिसर टेकुले १२ बजे पत्रकार सम्मेलन मार्फत जानकारी दिने भएको छ।
प्रतिक्रिया दिनुहोस्