काठमाडौं, १५ जेठ । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् । सरकारले कैद मिनाहका लागि गरेकाे सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान छुटेका हुन् ।
ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले केहीबेर सम्बोधन गरेका थिए ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस्