नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई उनले भारतीयलाई सम्बोधन गरेको बताएकी थिइन् ।
उनले आफ्नो सम्बोधनको भिडियोसमेत राख्दै लेखेकी छन्, ‘मेरो तर्फबाट यसमा गल्ती भयो । म इमान्दारीका साथ यसमा माफी चाहान्छु ।’ विदेश मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा स्वराजले भनेकी थिइन्, ‘नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौंलाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सीधै जोड्ने काम गर्नुभएको छ ।’
भारतीय प्रधानमन्त्री मोदीले गत वैशाख अन्तिम साता नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गर्दै नागरिक अभिनन्दनका क्रममा रंगभूमि मैदानमा सम्बोधन गरेका थिए । सो सम्बोधनको आयोजना प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले गरेको थियो भने प्रदेश २ का विभिन्न जिल्लाबाट सर्वसाधारणलाई सहभागी गराइएको थियो ।
This was a mistake on my part. I sincerely apologise for this. pic.twitter.com/S1CpLv8uu0
— Sushma Swaraj (@SushmaSwaraj) May 28, 2018
प्रतिक्रिया दिनुहोस्