एक वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त भएका मल्लले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा इसेवाको लोगो भएको ब्याट प्रयोग गर्नेछन् । यसबापत उनले पाउने रकमबारे इसेवाले केही खुलाउन चाहेन ।
काठमाडौंमा आयोजित कार्यक्रममा ई–सेवाको मातृ संस्था एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र क्रिकेटर मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा ई–सेवाको मातृ संस्था एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र क्रिकेटर मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
त्यस्तै एफ वान सफ्टका अध्यक्ष ढकालले ई–सेवा पछिल्लो ४\५ वर्षदेखि नै नेपाली क्रिकेटसँग जोडिएको स्मरण गराउँदै राष्ट्रिय टोलीका उपकप्तानसँगको सहकार्यले अझ नयाँ उचाइ लिएको विश्वास व्यक्त गरे ।
ई–सेवाले मल्ललाई आफ्नो दोस्रो र खेलकुदमा पहिलो ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । यसअघि अभिनेता विपिन कार्की ई–सेवाको ब्राण्ड एम्बेसडरको जिम्मेबारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्