काठमाडौं, १४ जेठ । निजामती कर्मचारीहरूले नेपाल सरकारलाई तलव वृद्धि गर्नुपर्ने भनेर दवाव दिइरहेका बेला अर्थमन्त्रीले सो विषयमा सकारात्मक संकेत दिएका छन् । प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडालाई भेटेर निजामती कर्मचारीहरूले तलव वृद्धिको दवाव दिएका थिए ।
कर्मचारीहरूको मागलाई सरकारले पूरा गर्ने प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
संचारकर्मी संग कुराकानी गर्दै प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘कर्मचारीको तलव बढ्छ । केही अंकमा बढ्छ । त्यो कति बढ्छ म भन्न सक्दैन ।’
अर्थमन्त्री खतिवडाले मंगलबार १६ खर्बको बजेट संसदमा पेश गर्दै छन् । बजेट आउँदै गर्दा रिमालले तलव भत्ताका बारेमा स्पष्ट पारेका हुन् ।
प्रतिक्रिया दिनुहोस्