ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमास्थलको काम यसरी हुन्छ..


admin

काठमाडौँ, १ जेठ ।  मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञहरुसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरिसक्नुभएको छ ।

विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उच्च पदाधिकारी, विमानस्थल व्यवस्थापन तथा प्राविधिक लगायत क्षेत्रमा काम गर्ने सबै निकायका कर्मचारीसँग आज अन्तरक्रिया गरी मन्त्री अधिकारीले विमानस्थललाई चुस्त, दुरुस्त बनाउन आग्रह गर्नुभयो ।

“विमानस्थलको एयर ट्राफिक जाम व्यवस्थापनकै कमजोरीले भएको हो । एयर रुट वैज्ञानिक बनाइनुपर्छ, आवश्यकताभन्दा बढी रुट कसैलाई दिनु हँुदैन यही व्यवस्थापनका लागि नै २१ घण्टा विमानस्थल चलाउने भनेको हो यसका लागि कर्मचारीमा कुशल व्यवस्थापन र इच्छा शक्ति दृढ चाहिन्छ,” उहाँले भन्नुभयो ।

विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी भएको उल्लेख गर्दै मन्त्री अधिकारीले सेवालाई प्रभावकारी बनाउन थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधामा कुनै कमी हुन नदिन क्यानको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री अधिकारीले विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकको कुनै एक स्थानमा विमानस्थल जसरी पनि बनाएर छाड्ने उद्घोष गर्नुभयो ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले जेठ ७ गतेदेखि विमानस्थललाई २१ घण्टा सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापन लगायतका सबै तयारी भएको जानकारी दिनुभयो ।

सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्तिको समेत व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको उहाँले उल्लेख गर्नुभयो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको गरिमालाई ध्यानमा राखी सेवालाई चुस्त र प्रभावकारी बनाउगरी जेठ ७ देखि २१ घण्टा सञ्चालनको तयारीमा जुटेको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन क्यानका अध्यक्ष श्रवणकुमार यादवले विमानस्थलको जनशक्ति व्यवस्थापन तथा प्राविधिक पक्षलाई ध्यानमा राखेर विमानस्थल २१ घण्टा सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

विमानस्थलको इलेक्ट्रिकल मेकानिकल एशोसिएशनका उपाध्यक्ष कुमार सुजकुले विमानस्थलको लाइट व्यवस्थापनका लागि विशेष व्यवस्था गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

नेपाल एयर ट्राफिक सेफ्टी इलेक्ट्रोनिक एशोसिएशनका सचिव रामचन्द्र अधिकारीले एयर ट्राफिक कन्ट्रोलनर अफिसर (एटिसी) को संख्या बढाई क्षमता अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।
हाल विमानस्थलमा ६७ एटिसीले छुट्टाछुट्टै सिफ्टमा काम गर्छन् । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्ने जनाइएको छ । क्यानसँग देशभरि गरी करीब २५० एटिसी रहेका छन् ।

विमानस्थलमा कहिलेकाहीँ अपर्भmट विद्युत् आपूर्ति बन्द हुँदा जेनेरेटर सञ्चालन गर्न कम्तीमा पनि १० सेकेण्ड समय लाग्ने हुँदा उक्त अवधिमा हवाई दुर्घटना हुन सक्ने खतरा औँल्याउँदै कर्मचारीले त्यो खतराबाट बच्न अनलाइन युपिएस जडान गरिनुपर्नेे सुझाव छ ।

विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकोप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दा बढी उडान भर्दै आएका छन् ।

उडान चापले एयर ट्राफिकका कारण झण्डै एक घण्टा आकाशमा घुम्नुपर्ने (होल्ड) अवस्था रहेको छ । दैनिक एक हजार ३०० यात्रु व्यवस्थापनको क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बढी व्यस्त समयमा दुई हजार ५०० भन्दा बढी यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । विमानस्थलमा सरकारी निकाय एवम् निजी कम्पनीसहित करीब ८० निकाय सक्रिय छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु-याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म हुनेछ । अहिले दुई सिफ्टमा कर्मचारीहरुले काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com