ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मैले सजाय होईन सफाई पाउनुपर्ने हो’ एसएसपी लोहनी (बयान जस्ताको तस्तै)


admin

काठमाडौं, १ जेठ । त्रिभुवन विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको मुद्दामा अभियुक्त बनाइएका एसएसपी दिवेश लोहनीले आफ्नो टिमको सक्रियताले मुद्दा स्थापित भएको भन्दै सफाई पाउनुपर्ने माग गरेका छन्। उनले चुडामणी उप्रेती (गोरे) र सनमसंग जोडिएका कारोबारको विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।
उनीमाथि अपराधीलाई भाग्ने मौका दिएको अभियोग छ।

‘म प्रहरी कर्मचारी भएकोले आफूले निर्वाह गनुपर्ने कर्तव्यको दायित्व मात्र निर्वाह गरेको हुँ। कुनै अपराध गरेको छैन। म र मेरो टिमले खबर पाएपछि हाम्रो सक्रियताले यो केस स्थापित हुन गएको छ,’ उनले न्यायाधीश समक्ष बयानका क्रममा भनेका छन्, ‘हाम्रो कारणले मृतक सनम शाक्यको गाड्न तयार भएको लास बरामद भएको हो। तीन जना अपराधी पक्राउ परेका हुन्। केस हामीले नै स्थापित गरेको हुँदा अभियोग मागदाबी झुटो हो। मैले सजाय पाउनुपर्ने नभई सफाई पाउनुपर्छ।’

जिल्ला अदालत मोरङमा अहिले उनीसहित पक्राउ परेका ३० जना अभियुक्तको थुनछेक बहस जारी छ। यो प्रकरणमा ६३ जना अभियुक्तलाई प्रक्राउ गरिएको छ । जसमध्ये ९ जना विभिन्न तहका प्रहरी छन् । जसमा सबैभन्दा वरिष्ठ प्रहरी अधिकारी दिवेश लोहनी हुन्। उनले प्रहरीसमक्ष दिएको बयान जस्ताको तस्तै-

बुवाको नाम बलराम लोहनी, आमाको नाम स्वस्तिका लोहनी र मेरो नाम दिवेश लोहनी हो। उमेर ४१ वर्षको भएँ। पेशा नेपाल प्रहरी बरिष्ठ उपरीक्षक पदमा प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग काठमाडौंमा कार्यरत छु। बतन जिल्ला काठमाडौं कामनपा -९ मा पर्छ।

संजिब शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म समेत भएको आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा अभियोगपत्रका साथ बयानका लागि उस्थित भएको छु।

सवाल : तपाईँले कोही कानुन व्यवसायी राख्नुभएको छ ?

जवाफ : मैले कानुनव्यवसायी राखेको छु।

सवाल : तपाईंको शारीरिक, मानसिक, आर्थिक अवस्था कस्तो छरु परिवारमा कति जना हुनुहुन्छरु जग्गा जमिन कति छ?

जवाफ : मेरो शारीरिक, मानसिक अवस्था ठीक छ। बयान दिनसक्छु। आर्थिक अवस्था ठिकै छ। खान लाउन पुग्छ। परिवारमा ५ जना छौं। जग्गा १० आना छ।

सवाल : तपाईं जाहेरवाला र अभियोगपत्रको विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरुलाई चिन्नुहुन्छ?

जवाफ : म जाहेरवालालाई चिन्दिनँ। र प्रहरी सेवामा रहेका प्रतिवादीबाहेक अरु कसैलाई पनि चिन्दिनँ।

सवाल : तपाईंलाई संजिव शाक्यको मिसिल संलग्न जाहेरी दर्खास्ताको व्यहोरा पढीबाची सुनाइन्छ। के कसो हो खुलाई दिनुहोस्।

जवाफ : उक्त वेहोरा सुनी पाएँ। जाहेरी व्यहोरा सम्बन्धमा मलाई केही थाहा छैन। जाहेरवाला र मृतक सनम शाक्यलाई चिन्दिनँ। सनम शाक्यको मृत्यु कसले कसरी भयो, कसले गर्‍यो, के कारणले हत्या भयो मलाई थाहा भएन।

घटना भएको मिति २०७४ साल फागुन १८ गत म आफ्नो कार्यालय, तत्कालिन महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा प्रमुख भई कार्यरत थिएँ। सोही कार्यालयमा कार्यरत नायव प्रहरी निरीक्षक बालकृष्ण सञ्जेलले दिउँसो करिब १र२ बजेतिर म समक्ष आई गोरे भन्ने अपराधिक चरित्रको व्यक्तिले मानिस मारेको छ भन्ने खबर प्राप्त भयो, के कुनै जुक्ति उपाय लगाई बचाइदिनुपर्‍यो भनी खबर गरेको थियो, कहाँ कसलाई कुन ठाउँमा मारेको हो पत्ता लगाउन सकिन्छ कि भनी खबर गरेँ।

मैले मान्छे मार्ने जस्तो जघन्य अपराध गरी उल्टो प्रहरीलाई नै खबर गरी बचाइदिनु भन्ने यस्ता अपराधिलाई तत्काल पक्राउ गर्नुपर्छ, यो खबर गरेको कहाँबाट हो निज कहाँ छन् पत्ता लगाउनुपर्छ भनेँ। र तत्काल संगठन प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्यालज्यूलाई फोन सम्पर्क गरी जाहेर गर्न खोज्दा उहाँ विदामा बसी सम्पूर्ण फोन कल डाइभर्ट गरी निमित्त संगठन प्रमुख प्र।अ। म। नि बमबहादुर भण्डारीज्यूको टेलिफोनमा डाइभर्ट गरिदिनुभएको रहेछ।

तसर्थ मैले बमबहादुर भण्डारीज्यूलाई घटनाको बारेमा जानकारी गराएँ। उहाँबाट हाम्रो कार्यालयमा पहिलो जानकारी प्राप्त भएकाले अपराधी के कहाँ छन् पत्ता लगाइ पक्राउ गर्न आवश्यक कारबाही अगाडि बढाउन मौखिक निर्देशन भयो।

निर्देशन बमोजिम गोरे भन्ने अपराधिको सम्बन्धमा प्रारम्भिक कुराहरु पत्ता लगाइ निज पूर्व सुनसरी(मोरङतिर हुनसक्नेदेखि लाससमेत पूर्वतिर हुनसक्नेदेखि पुनस् तत्कालिन संगठन प्रमुख वमबहादुर भण्डारीज्यूलाई सो सम्बन्धमा जानकारी भएसम्मको सम्पूर्ण व्यहोरा जाहेर गरेँ।

त्यसपछि उहाँको निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरूण बिसि समेतलाई जानकारी गराई उक्त अपराधि पक्राउ गरी कानुन बमोजिम कारबाही गराउन मेरो कार्यालयकै डिएसपी प्रजित केसीको कमाण्डमा टोली खटाइ पठाएको हुँ। तत्कालिन संगठन प्रमुख बमबहादुर भण्डारीले दिएको निर्देशनको अडियो रेकर्ड र मैले उहाँलाई जाहेर गरेको व्यहोराको रेकर्ड भएको अडियो मसँग नै छ। सो समेत पेश गर्नेछु।

संगठन प्रमुखबाट टोली पठाउने आदेश भए पश्चात कार्यालयमा मसँगै कार्यरत प्रहरी उपरीक्षक नरेन्द्र उप्रेती, उमाशंकर पञ्जियारलगायत केही जिम्मेवार प्रहरी अधिकृतसँग संगठन प्रमुखज्यूले निर्देशन भएबमोजिम टोली खटाउन र अपराधीलाई दसी प्रमाणसहित पक्राउ गर्न सरसल्लाह गरेँ।

काम गर्न समर्थवान बुद्धिविवेक प्रयोग गर्नसक्ने कानुनबमोजिमका कार्यहरु सम्पादन गर्न सक्ने तत्काल उपलब्ध भएका डिएसपी प्रजित केसी थिए। उनैको कमाण्डमा सई बालकृष्ण सञ्जेल, प्रहरी हवलदार भेषबहादुर राना र ड्राइभर सुरेन्द्र कार्कीलाई खटाइ पठाएको हो। र सो सम्बन्धमा खटिआएको टोलीलाई आवश्यक पर्दा तत्काल सहयोग गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुण विसिलाई सिभिल तथा यूनिफर्मका प्रहरीहरु र सिभिल गाडीसमेत तयारी हालतमा राखि डीएसपी प्रजित केसीले मागेको समयमा उपलब्ध गराउन भनि जानकारी गराएँ।

सो सम्बन्धमा आवश्यक परेका जानकारीहरु सई बालकृष्ण सञ्जेलसँग लिएँ। अपराधीलाई पक्राउ गर्न सम्पूर्ण भूमिकाहरु निर्वाह गर्ने र अपराधीसँग आफूले फोन सम्पर्क गर्ने सई बालकृष्ण सञ्जेल पढेलेखेको नभएको र हडबडाउने स्वभावको भएकाले आफैंले लिड गरि सम्पूर्ण आवश्यक कानुनी प्रकृया अबलम्बन गर्दै अपराधीलाई जे जसरी हुन्छ पक्राउ गर्ने भन्ने आदेश दिई अफिसबाट रमानापत्र दिइ पठाएको हो।

सो पश्चात राति बेलाबेलामा डिएसपी प्रजित केसीसँग फोन सम्पर्क हुँदा निज अपराधीलाई जे जसरी हुन्छ पक्राउ गर्न निर्देशन दिएको हो। र निजले पनि विभिन्न जुक्ति लगाइ लास पत्ता लगाउने अपराधीहरू पक्राउ गर्ने सबुत प्रमाणहरु संकलन गरी सम्बन्धित कार्यालयमा बुझाउने छ भनि आश्वस्त गर्दै अनुसन्धानको कार्य अगाडि बढाइरहेको थिएँ।

त्यसरी नै फागुन १९ गतेको बिहानको समयमा प्रजित केसीले लास बरामद गरेको, तीन जना अपराधीहरु टेकराज मल्ल ठकुरीलाई धरानदेखि तथा मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई इटहरीदेखि विश्वासमा पारी आफ्नै निगरानीमा राखि गोरेलाई पक्राउ गर्न मोरङको सीमानासम्म आइपुगेको, तर गोरेलाई तत्काल पक्राउ गर्न नसकिने अवस्था देखिएकोले सम्मन्बन्धित जिल्ला प्रहरी कार्यालय मोरङको टोली बोलाइ आवश्यक कानुनी कारबाहीका लागि पक्राउ गर्न लगाई, दसी प्रमाणका सामान समेत बरामद गर्न लगाई घटनास्थल तथा लासजाँच मुचुल्काको कार्य भईरहेको भनी जानकारी गराएपश्चात मैले तत्काल संगठन प्रमुख बमबहादुर भण्डारी ज्यूलाई जाहेर गरेको हो।

तत्पश्चात मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई फोन गरी आवश्यक कानुनी कारबाही अगाडि बढाई अपराध महाशाखाबाट गएको टोलीलाई काम समाप्त पश्चात फिर्ता गरिदिनु भनि यस घटनाको अनुसन्धानको सम्बन्धमा कहीं कतै कुनै किसिमको सहयोग चाहिएमा खबर गर्नु भनेको थिएँ।

अपराधिलाई पक्राउ गर्न र अपराधी लुकाउन नसकोस् भन्ने आफ्नो मिसन एक हदसम्म पुरा गरेँ। तत् पश्चात भारतीय प्रहरीसँग सम्पर्क गरी गोरेलाई पक्राउ गर्न आवश्यक सरसल्लाह र उपायहरुको लागि अनुरोध गरेबमोजिम निजहरूबाट समेत सहयोग प्राप्त भैरहेको थियो।

सवाल: तपाईंलाई आफ्नो क्षेत्रभन्दा बाहिर अनुसन्धान कार्यको लागि प्रहरीको टोली खटाउन सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउन समन्वय गर्नुपर्ने सम्बन्धि कुनै कानुनी अवस्था रहेको थाहा छरछैनरु त्यस्तो व्यवस्था छरछैन?

जवाफ : यस सम्बन्धमा कानुनी व्यवस्था रहेको छ। र सो सम्बन्धमा मलाई जानकारी समेत रहेको छ। यस सम्बन्धमा तत्कालिन संगठन प्रमुख वमबहादुर भण्डारीज्यूको आदेश र निर्देशन बमोजिम मेरो कार्यालयबाट प्रहरी टोली गठन गरी जिल्ला प्रहरी कार्यालय मोरङसँग समेत आवश्यक समन्वय गरी टोली सहयोगका लागि पठाएको हो। अपराध नियन्त्रण गर्न आफ्नो कर्तव्य सम्झी संगठन प्रमुखको निर्देशन बमोजिम नै टोली पठाएको हो।

सवाल : तपाईंलाई मिसिल संगलग्न घटनास्थल मुचुल्काको व्यहोरा सुनाईन्छ के कसो हो?

जवाफः उक्त व्यहोरा सुनीँ पाएँ। उक्त व्यहोरा सम्बन्धि जानकारी मैले प्रजित केसीको टोलीबाट थाहा पाएको थिएँ। के के बरामद गरेको हो मलाई थाहा भएन।

सवाल: तपाईंलाई प्रतिवादी टेकराज मल्ल ठकुरी,मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्कीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानको व्यहोरा पढीवाची सुनाईन्छ के कसो हो?

जवाफः उक्त व्यहोरा सुनी पाएँ। व्यहोरा सम्बन्धमा मैले अनुसन्धान पश्चात मात्र थाहा पाएको हो। मृतक सनम शाक्यलाई चिनेको थिएन। गोरे र सनमको सम्बन्धको बारेमा मलाई केही थाहा छैन।

सवाल : तपाईंलाई प्रतिवादी बालकृष्ण सञजेल र प्रजित केसीको वयानको वेहोरा पढीवाची सुनाईन्छ के कसो हो?

जवाफः उक्त व्यहोरा सुनी पाएँ। मैले बालकृष्ण मार्फत गोरेले मान्छे मारेको घटना थाहा पाएको हो। त्यस पश्चात सई बालकृष्ण सञ्जेललाई गोरेको सम्बन्धमा सोधपुछ गर्दा निज अपराधी गोरे सुन तस्करीको काम गर्ने हुन भनी थाहा पाएको हो। यस वयानको सम्बन्धमा कुराकानी मैले अडियो रेकर्ड गरेको छु सो अडियो पछि पेस गर्नेछु।

जवाफ : तपाईंलाई मिसिल संलग्न वस्तुस्थिति मुचुल्काको व्यहोरा सुनाईन्छ के कसो हो?

जवाफः उक्त व्यहोरा सुनी पाएँ। यस सम्बन्धमा मैले धेरै पछि थाहा पाएको हो।

सवाल : तपाईंलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ३ को उप दफा ४ को कसुरमा सो ऐनको दफा ९ ९ख० बमोजिम सजाय मागदाबी लिएको अभियोग पत्र दायर भएको छ के कसो हो?

जवाफः उक्त अभियोग मागदावी झुटो हो। म यस घटनामा प्रहरी कर्मचारी भएकोले आफूले निर्वाह गनुपर्ने कर्तव्य दायित्व मात्र निर्वाह गरेको हो। कुनै अपराध गरेको छैन। म र मेरो टिमले खबर पाएकोले हाम्रो टोलीको सक्रियताले मात्र यो केस स्थापित हुन गएको छ।

हाम्रो कारणले मृतक सनम शाक्यको गाड्न तयार भएको लास बरामद भएको हो। तीन जना अपराधी पक्राउ परेका हुन्। मुख्य अपराधी गोरे भन्ने चुडामणी उप्रेतीको भोलिपल्ट साँझ सम्मको लोकेसन भारतीय प्रहरीबाट प्राप्त गर्न सकिएको कारणले केस हामीले नै स्थापित गरेको हुँदा अभियोग मागदाबी झुटो हो। मैले सजाय पाउनुपर्ने नभई सफाई पाउनुपर्छ।

सवाल: तपाईंको साक्षी प्रमाण केही छ कि?

जवाफः मेरो प्रमाणको रुपमा तत्कालीन संगठन प्रमुख बमबहादुर भण्डारीसँग भएको कुराकानीको अडियो सिडी र पेन ड्राईभ पेस गरेको छु…

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com