काठमाडौं, १९ वैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैंकहरुमा हुने बित्तिय अपराध सह्य नहुने बताउनु भएको छ ।
रााष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकिकृत बैकिङ कारोबारको आज राजधानीमा शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले बैंकहरुको कारण वित्तीय संकट आउने सक्ने बताउँदै वित्तीय क्षेत्रलाई आघात पु¥याउने जो कोहीलाई कारवाही गरिने बताउनुभयो ।
मन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाको अनुगमनको फाइल लुकाउने, यथार्थविवरण नदिनेमाथि कार्वाही गरिने बताउनुभयो । सरकारले रोजगारी, उद्यशिलताको कार्यक्रम लागि ल्याउन लागेको सबै बैंकहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।
यस्तै राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटाले राष्ट्र बैंकले ल्याएको कृषि उद्यमशिलता कर्जामा असफल हुने बैंकलाई क्षतिपूर्ति तिराउने बताउनुभयो । सिवाकोटीले सरकारको निति अनुसार भूकम्पपिडितलाई बैंकहरुले दिने भनिएको सहुलिय ऋण दिनलाई आनाकानी गर्नेलाई कारवाही हुने बताउनुभयो ।
शिवाकोटीले अहिले मुलुकको व्यपार घाटा बढेको र रेमिट्यान्स घटिरहेको भन्दै बंैकहरुले अहिलेको समयमा उत्पादमुखी कर्जा प्रवाह गरी लगानी मैत्री वातावरण बनाउनु आवश्यक रहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्