ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते


एबीसी न्यूज
चैत्र ३, २०८२ मंगलबार  ७ : २२ बजे

काठमाडौं, ३ चैत्र । अफगानिस्तानले पाकिस्तानमाथि देशको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा गरेको आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ । २५० घाइते भएका छन् । यो घटना गत महिनाको अन्त्यतिर सुरु भएको द्वन्द्वको अर्को श्रृंखला हो, जहाँ बारम्बार सीमापार झडपका साथै अफगानिस्तानभित्र हवाई आक्रमणहरू भइरहेका छन् । युद्धविरामका लागि गरिएका अन्तर्राष्ट्रिय आह्वानहरूलाई बेवास्ता गरिएको छ ।पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ । पूर्वी अफगानिस्तानमा गरिएका आफ्ना आक्रमणहरूले कुनै पनि नागरिक क्षेत्रलाई निशाना नबनाएको पाकिस्तानले बताएको छ ।

अफगानिस्तानका सरकारी उप–प्रवक्ता हमदुल्लाह फित्रतले एक्समा एक पोस्ट गर्दै स्थानीय समयअनुसार राति करिब ९ बजे गरिएको हवाई आक्रमणले अस्पतालमा क्षति पुर्‍याएको बताएका छन् । उनले दुई हजार बेड क्षमताको उक्त संरचनाका ठूला खण्डहरू ध्वस्त पारेको बताएका छन् । उनले मृत्यु हुनेको संख्या अहिलेसम्म ४०० पुगेको र करिब २५० जना घाइते भएको जानकारी दिएका छन् ।

स्थानीय टेलिभिजनहरूले एक्समा पोस्ट गरेका फुटेजहरूमा सुरक्षा बलहरूले टर्चलाइट प्रयोग गर्दै हताहत भएकाहरूलाई बोकिरहेको र अग्निनियन्त्रकहरूले भवनको भग्नावशेषमा सल्किएको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ । फित्रतले उद्धार टोलीहरू आगो नियन्त्रण गर्न र शवहरू निकाल्न खटिरहेको बताएका छन् ।

दुई छिमेकीहरूबीच वर्षौं यताकै घातक लडाइँ तेस्रो हप्तामा प्रवेश गरेको छ । सीमामा दुवै पक्षबीच गोली हानाहान भई अफगानिस्तानमा चारजनाको मृत्यु भएको केही घण्टापछि यो आक्रमण भएको हो ।

अफगान सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्समा उक्त आक्रमणको निन्दा गर्दै पाकिस्तानलाई आतंक मच्चाउन अस्पताल र नागरिक क्षेत्रहरूलाई निशाना बनाएको आरोप लगाएका छन् ।

“हामी यस अपराधको कडा निन्दा गर्छौं । र, यस्तो कार्यलाई सबै स्वीकृत सिद्धान्तहरूविरुद्ध तथा मानवताविरुद्धको अपराध मान्दछौँ,” उनले पोस्टमा लेखेका छन् ।

यता, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता मोसर्रफ जैदीले यी आरोपहरूलाई निराधार भन्दै खारेज गरेका छन् । उनले काबुलमा कुनै पनि अस्पताललाई निशाना नबनाइएको बताएका छन् ।

अफगान अधिकारीहरूले मृत्युको संख्या सार्वजनिक गर्नुअघि पाकिस्तानको सूचना मन्त्रालयले एक्समा एक पोस्ट गर्दै भनेको छ, “यी आक्रमणहरूले अफगान तालिवान र अफगानिस्तानमा रहेका पाकिस्तानी लडाकूहरूको सैन्य अखडा, प्राविधिक उपकरण भण्डारण तथा गोलाबारुद भण्डारणलगायत आतंकवादी पूर्वाधारहरूलाई काबुल र नान्गहारमा सटिक रूपमा निशाना बनाएका थिए ।”

उक्त स्थान निर्दोष पाकिस्तानी नागरिकहरूविरुद्ध प्रयोग भइरहेको पाकिस्तानको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com