अछाम , १० वैशाख । दुई बर्ष देखि कालोपत्रे हुनुपर्ने सडक कालोपत्रे नभएको भन्दै स्थानीयले दिउसो साढे २ घण्टा सवारी साधन बन्द गरी चक्काजाम गरेका हुन । दिउसो साढे ३ बजे देखि ६ बजे सम्म सडक बन्द गरिएको थियो । साँफेबगरमा स्थानीय व्यापारी र नवजागरण यूवाक्लबको आयोजनामा चक्का जाम गरिएको गरिएको हो ।
सडकमा आउने जो सुकैले पनि धुवाँ धुलोको सिकार बन्नु पर्ने बाध्यता रही आएको छ । सडक डिभिजन र निर्माणको काम गर्ने ठेक्का पाएको ठेकेदार कम्पनीलाई दबाब सिर्जना गर्न चक्काजामका आन्दोलन गर्न आफू बाध्य भएको क्लबका सदस्य योगेश कुँवरले बताउनु भएको छ । चक्काजाम कार्यक्रममा अछाम उद्योग वाणिज्य संघका कार्यबाहक महेन्द्र बहादुर कडायत, स्थानीय व्यापारी लगायतको सहभागिता रहेको थियो ।
चक्काजामका कारण जिल्लाको बयलपटा, जयगढ, मंगलसेन, चौखुट्टे र बाजुराबाट कैलाली कञ्चनपुर र कैलाली कञ्चनपुरबा अछाम बाजुरा जाने यात्रुहले सास्ती खेपेका थिए । सडक पीच नभएसम्म चक्काजाम गरि आन्दोलन कार्यक्रम अब निरन्तर गरिरहने उनीहरुको भनाई रहेको छ । उता सडक डिभिजन कार्यालयका नायब सुब्बा प्रकाश माझीले ठेकेदारले मन्त्रालयबाटै म्याद थपाउने गरेको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्