महिलाको ह्याण्डब्याग खोलेर हेर्दा प्रहरी नै चकित



बर्दिया,९ वैशाख । काठमाडौंबाट धनगढी हिँडेकी एक महिलाको ह्याण्डब्यागले प्रहरीलाई नै चकित पारिदिएको छ ।

रुकुम जिल्ला काक्री–६ बस्ने ३० बर्षीया पवित्रा पुनलाई प्रहरीले अवैध लागू औषध चरेश १० के.जी. सहित पक्राउ गरेको हो ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना.४ ख ५८७४ नम्बरको बसलाई आइतबार ठाकुरबाबा नगरपालिका–३ आमबासा स्थित नेपाली सेनाको चेक पोइन्टमा चेकजाँच गर्दा पुनको झोला र हेण्ड ब्यागबाट उक्त चरेश बरामद भएपछि इलाका प्रहरी कार्यालय बगनाहाबाट खटिएको प्रहरीले पुनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All