ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाको सेवा लिन तीन दिन


एबीसी न्यूज
बैशाख ९, २०७५ आईतबार   १० : ५०   बजे

म्याग्दी, ९ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ ।
यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर सेवा लिन स्थानीयवासीलाई सास्ती भएको हो । पर्वतको जलजलादेखि सदरमुकाम बेनी झरेर पुनः रघुगंगा गाउँपालिका हुँदै पोखरेबगर पुग्दा गाडीमा पूरै दिन लाग्ने गरेको नांगीकी जसमाया पुर्जाले बताउनुभयो ।

“चुनावमा सिंहदरबार गाउँमा आएको प्रचार सुनिएको थियो तर अहिले हामीलाई पालिकाको केन्द्रमा पुगेर सेवा लिँदा भारत गएजस्तो भएको छ”, पुर्जाले भन्नुभयो, “कार्यालयमा पुग्दा दरबन्दी अनुसारका पर्याप्त जनशक्तिको अभावले ढिलाइका साथै आर्थिक कारोबारका लागि पुनः सदरमुकाम बेनी पुग्नुपर्दा झन्झट र दुःख भएको छ ।”

नांगी सडक मर्मतको उपभोक्ता समितिकी पदाधिकारी रहनुभएकी पुर्जाले गाउँपालिकामा पुगेर सेवा लिन र घर फर्कन तीन दिन समय लागेको बताउनुभयो । ४२० घरधुरीमा दुई हजार जनसंख्याको बसोबास रहेको यस वडाको नांगी, थावन, राम्चे, काफलडाँडा, धारापानीको बस्तीमा सडक पुगे पनि महभिर गाउँ अझै सडक सञ्जालमा जोडिन सकेको छैन । महभिर र बेनीदेखि पर्वतको जलजला गाउँपालिका हुँदै राम्चेमा सडक पुगे पनि कच्ची र जीर्ण अवस्थाका कारण नियमित सवारी सञ्चालन हुन सकेको छैन ।

करीब २० किलोमिटर दूरीको महभिर हिस्तान राम्चे सडक साँघुरो, जीर्ण र अप्ठ्यारो हुँदा ट्र्याक्टर बाहेकका सवारी साधन चल्दैनन् । “कच्ची अवस्थाको बेनी मल्लाज राम्चे सडक घुमाउरो छ”, राम्चेका फसबहादुर गर्बुजाले भन्नुभयो, “गाउँपालिकाको केन्द्रमा पुग्न २० देखि २५ हजार रुपैयाँमा जिप रिजर्भ गर्नुपर्छ ।” विकास योजनाको सम्झौता, भुक्तानी र फरफारक गर्न, पालिकाको सेवा लिन सर्वसाधारणदेखि बैठक, सभा तथा कार्यक्रममा सहभागी हुन जाने जनप्रतिनिधिले सास्ती व्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group