ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७० करोड आम्दानी स्थानियलाई


admin

चितवन, ७ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई वर्षपछि मध्यवर्तीका बासिन्दाले आम्दानी उपभोग गर्न पाएका हुन् । निकुञ्ज र मध्यवर्तीका बासिन्दाका बीचमा द्वन्द्व बढ्दै गएपछि यसलाई निराकरण गर्न समिति गठन गरिएको थियो ।


अर्यालका अनुसार निकुञ्जमा उठ्ने राजश्वको ५० प्रतिशतसम्म मध्यवर्तीमा खर्च गर्न सकिने ऐनमा उल्लेख छ । सो रकमलाई संरक्षण, शिक्षा, सामुदायिक विकास, आयआर्जन तथा सीप विकास, नदी कटान र क्षतिपूर्तिका लागि खर्च गर्न पाइन्छ । वन्यजन्तुबाट हुने जनधनको क्षतिपूर्ति रकम छुट्टै शीर्षकबाट प्राप्त हुने हुँदा सो रकम समुदायले आवश्यकता अनुसार तोकिएको शीर्षकमा खर्च गर्न पाउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल विगतमा केही वर्ष उक्त रकम प्राप्त नभए पनि पछिल्ला वर्षमा नियमित रुपमा निकासा भइरहेको बताउनुहुन्छ । चालु आर्थिक वर्षमा मात्रै रु १३ करोड ३७ लाख ७४ हजार निकासा भएको उहाँले बताउनुभयो । मध्यवर्ती क्षेत्रका बासिन्दा र निकुञ्जका बीचमा हुँदै आएको द्वन्द्वमा निकै कमी आएको मल्लको भनाइ छ ।

स्थानीय तहले पाउने बजेटभन्दा बढी मध्यवर्तीबाट रकम पाउन थालेपछि स्थानीयवासी संरक्षणतर्फ उत्साहित बनेका छन् । वन्यजन्तुले मानवीय क्षति गर्दा रु १० लाख र घाइते भएमा रु दुई लाखसम्म छुट्टै बजेटबाट क्षतिपूर्ति दिइँदै आएको छ । विगत २० वर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १७६ जनाले वन्यजन्तुका कारण ज्यान गुमाएका छन् भने ६१४ जना घाइते भएका छन् । आव २०५३÷५४ देखि आव २०७३÷७४ सम्ममा घाइते र मृतकले रु तीन करोड ३८ लाख ३२ हजार क्षतिपूर्ति रकम पाएका छन् ।

गएका २० वर्षमा वन्यजन्तुबाट दुई हजार २८० पशु चौपाय मारिएका छन् । सो बापत रु ७८ लाख १५ हजार क्षतिपूर्ति सम्बन्धित पक्षले पाएका छन् । निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार सोही अवधिमा वन्यजन्तुले ३०२ घर नष्ट गरेर रु १५ लाख ५९ हजार क्षतिपूर्ति वितरण गरिएको छ । वन्यजन्तुले अन्न नष्ट गरेमा रु १० हजारसम्म, पशु चौपाय मारेमा रु ३० हजारसम्म र घरगोठ भत्किएमा रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था छ ।

सोही अवधिमा भण्डारण गरिएको १६३ घरको अन्न वन्यजन्तुले क्षति गरेका कारण रु सात लाख ६८ हजार क्षतिपूर्ति वितरण गरिएको छ । यसैगरी ९१६ जनाको खेती नष्ट गरेकोमा रु ५४ लाख ४७ हजार क्षतिपूर्ति वितरण गरिएको छ । विभिन्न शीर्षकमा २० वर्षमा मध्यवर्तीका बासिन्दाले रु चार करोड ९४ लाख २३ हजार क्षतिपूर्ति पाएका थिए । चार जिल्लामा फैलिएको निकुञ्जको आसपासमा २१ मध्यवर्ती उपभोक्ता समिति र एउटा उपभोक्ता उपसमिति रहेका छन् । ती समितिअन्तर्गत तीन लाख जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com