काठमाडौँ, ५ वैशाख । जलेश्वर नगरपालिका– ९ परिकौली ब्यारेक नजिक जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको टेम्पु माथि सपेताको रुख ढल्दा २ जनाको मृत्यु भएको छ।
तीन जना घाइते भएका छन्। दुई जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो। हावाहुरीले गर्दा रुख टेम्पुमाथि खस्दा टेम्पु चालक गम्भीर घाइते भएकाले थप उपचारका लागि रेफर गरिएको छ। २ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ। टेम्पु चालकसहित ५ जना सवार टेम्पुमा ३ महिला र २ पुरुष रहेका थिए ।








प्रतिक्रिया दिनुहोस्