काठमाडौं, ६ बैशाख — पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि विशेष निगरानी र गिरफ्तार गर्दै आइरहेको नेपाल सरकारले आज धनुषाबाट नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
धनुषा प्रहरीले पार्टीका केन्द्रीय नेताहरुलाई नै नियन्त्रणमा लिएको बताइएको छ । नेकपा सुत्रका अनुसार आज बिहान पूर्वसभासद तथा नेकपाका केन्द्रीय सल्लाहकार रामलखनको महतोको घर रहेको महेन्द्रनगर बजारबाट उनीहरुलाई गिरफ्तार गरिएको हो ।
बताइए अनुसार विप्लव नेतृत्वको सो पार्टीका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चा नेपालका अध्यक्ष देवनारायण शाह, केन्द्रीय सल्लाहकार समितिका सदस्य रामलखन महतो, धनुषा जिल्ला इन्चार्ज राजु कार्की र सहिद तथा बेपत्ता परिवारका धनुषा जिल्ला अध्यक्ष यादव कवारीलाई धनुषा प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तारीमा परेका नेताहरु पार्टी संगठनको विशेष कामले जम्मा भएका थिए । आफ्नो पार्टीका नेताहरुलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपा पूर्वी कमान्ड इन्चार्ज विरहीले एक विज्ञप्ति जारी गर्दै बिना सर्त रिहा गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्