धादिङ, ४ वैशाख । धादिङको थाक्रेमा बोरिङ गरेको खानेपानीको पाइप मिलाउन लाग्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । मंगलबार बिहान महेश खोलाबाट बोरिङ गरेर पानी ल्याउन खोज्दा करेन्ट लागेर घाइते भएकी झापाको ममई गाउँपालिका ८ की मिक्की तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
बोरिङ गरेर तानिएको पानीको पाइप बाटोमाथि मिलाउन लाग्दा हाइटेन्सन लाइनमा छोई करेन्ट लागेपछि कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार धादिङ, थाँक्रे गाउँपालिका–६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कुलू, सुरेश कुलू, माइली तामाङ र गौतम तामाङ घाइते भएकामा पाँच जनाको ट्रमा सेन्टर र दुई जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्