काठमाडौं, ३ बैशाख । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिनुभएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक कार्यशाला गोष्ठीमा असामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो , ‘तपाईहरुका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु होला ।’
साथै निजी विद्यालयहरुका सम्बन्धमा शुल्क घटाउन दवाव सिर्जना गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अहिले निषेध नै गरेर जान नहुँने उल्लेख गर्नुभयो । ‘निजी क्षेत्रलाई थोरै प्रेसर क्रेट गरौं, उहाँले भन्नुभयो ,’निषेध गरेर पनि हुँदैन ।’ कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समेत शिक्षकहरुलाई निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्