ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट


एबीसी न्यूज

 

काठमाडौँ, ३ वैशाख ।  उद्योगमन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित सचिवालयमा आज उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भयो ।

सो अवसरमा मन्त्री यादवले अष्ट्रेलिया सरकारले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले समृद्धिको बाटोमा अग्रसर सरकारले लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति लिएको जानकारी दिँदै नेपालमा लगानी गर्न चाहनेका लागि खुला दिलले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “लगानीकर्ताको समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ, उत्पादन क्षेत्रमा लगानी गर्ने सबैलाई नेपालमा स्वागत छ, ढुक्क भएर लगानी गर्न सकिन्छ ।”

चुलिएको व्यापारघाटा कम गर्न उत्पादन बढाउनु पर्ने र रोजगारी सिर्जना गर्नुपर्ने भएकाले त्यसतर्फ मित्रराष्ट्रको सहयोग अपेक्षा गरिएको बताउँदै उहाँले प्राविधिक शिक्षाका क्षेत्रमा सहयोग तथा लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।

उहाँले प्राविधिक शिक्षाका क्षेत्रमा विद्यालय खोल्नका लागि अष्ट्रेलियन सरकारले सहयोग गर्न सक्ने बताउनुभयो ।

उद्योग सचिव यमकुमारी खतिवडाको उपस्थितिमा भएको भेटवार्तामा राजदूत पिटरले अष्ट्रेलिया सरकारको सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले सञ्चालन गर्दै आएको लघु उद्यम विकास कार्यक्रम(मेडेप) यसै वर्षको जुलाईदेखि सम्पन्न हुन लागेको जानकारी दिनुभयो ।

युएनडिपीले सञ्चालन गरेको कार्यक्रमको लागत घटाएर थप प्रभावकारी बनाउनका लागि अष्ट्रेलिया सरकारले सिधै नेपाल सरकारसँग सहकार्य गर्न चाहेको राजदूत पिटरको भनाइ थियो । उहाँले सिधै सरकारसँग सहकार्य गर्दा ३० प्रतिशत खर्च कम हुने जानकारीसमेत दिनुभयो ।

राजदूत पिटरले आगामी दिनमा दुई देशबीच रहिआएको सम्बन्धलाई थप विस्तार गर्न आपसी सहयोग प्रवद्र्धन गर्दै लगिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com